Contents
भूगोल सम्बन्धी जानकारी
भूगोल (Geography) पृथ्वीको अध्ययन
गर्ने शास्त्र हो ।
Geo
को अर्थ पृथ्वी (Earth)
र Graphy को अर्थ वर्णन (Description)
हो ।
भूगोल (Geography) शब्द Greek भाषाको Geografein (जोग्राफिन) शब्दबाट लिइएको हो ।
Geografein
(जोग्राफिन) :- पृथ्वीको वर्णन (The
Description of Earth)
भूगोलको अध्ययन मानव
सभ्यताको विकाससँगै भएको हो ।
भूगोलका इतिहासमा
"नयाँ युगको खोज" (Age of New Discovery) भनी १८ औँ शताव्दीलाई मानिन्छ ।
प्रारम्भमा भूगोलको
अध्ययन क्षेत्र पृथ्वी तथा त्यसका निवासीहरुको वर्णनमा मात्र सिमित थियो ।
भूगोल शब्दको प्रयोग
सर्वप्रथम इरेटस्थनिज (Eratosthenes) ले गरेका हुन् । उनी ग्रीक नागरिक थिए ।
भूगोलमा प्राकृतिक
वातावरणको क्षेत्र भन्नाले स्थलमण्डल, जलमण्डल, वायुमण्डल तथा जीवमण्डललाई बुझिन्छ ।
भूगोलमा सर्वप्रथम
ज्वारीय सिद्दान्त वेलायतका जिन्सले सन् १९१९ मा प्रस्तुत गरेका हुन् ।
जिन्सको सिद्दान्त
संशोधन गरी सन् १९२६ मा जेफ्रेले अर्को सिद्दान्त निकालेका थिए ।
ज्वारीय सिद्दान्त
अनुसार आदिकालमा सूर्य ग्यासको विशाल पुञ्ज थियो ।
भूगोलको विभाजन
भौतिक भूगोलका प्रकारहरु
भौतिक भूगोलका प्रकारहरु
मानव भूगोलका प्रकारहरु
सामाजिक भूगोल
बसोवास भूगोल (Settlement
Geography)
जनसंख्या भूगोल
(Population Geography)
राजनीतिक भूगोल
(Political Geography)
ऐतिहासिक भूगोल
(Historical Geography)
सैन्य भूगोल
(Military Geography)
प्रादेशिक भूगोल
(Regional Geography)
आर्थिक भूगोल
आर्थिक भूगोल (Economic Geography) अन्तर्गत:-
हावापानीको उपज,
भौतिक वस्तुहरुको
शोषण तथा उपयोग, उद्योगका लागि खनिज वस्तुको प्रयोग, विरुवा र जनावरको उपयोग, समुद्र र जंगलको
सदुपयोगको साथसाथै उद्योग, व्यापार, कृषि, पशुपालन, खनिज उत्खनन् आदि विभिन्न किसिमका आर्थिक
क्रियाकलापहरुको अध्ययन पर्दछन् ।
आर्थिक भूगोल मानव
भूगोलको एक शाखा हो, जसले मानवका आर्थिक जीवनका पाटाहरुको अध्ययन गर्दछ ।
भूगोलका परिभाषाहरु
प्राकृतिक विज्ञान र
सामाजिक विज्ञानलाई जोड्ने शास्त्र भूगोल हो । - हेटरन
Geography
is the science of relationship. - हेटरन
भूगोल क्षेत्रीय
भिन्नतामा अध्ययन गर्ने शास्त्र हो । - आर. हार्टशोर्न
भूगोल त्यो विषय हो
जसले पृथ्वीको सतहको वर्णन धरातलीय स्वरुप, हावापानी, वनस्पति, माटो, उत्पादन, जनता र तिनीहरुको वितरणको आधारमा गर्दछ ।
- भूगोल शब्दकोश
Man
and Earth are the two most dynamic elements of geography. - Miss Semple
के कहाँ, किन र कसरी बनेको छ
भन्ने बारे भूगोलले बताउँछ । - बोमेन
भूगोल सम्बन्धी विविध जानकारी
Cartography
भन्नाले मानचित्र
विद्या (The art of map)
इरेटस्थनिजको जन्म
इ.पू.२७६ मा प्राचीन ग्रीसको साइरिनमा
इरेटस्थनिज गणितविद्,
भुगोलविद्, कवि, ज्योतिष, संगितसाधक आदि ।
पृथ्वीको सर्वप्रथम
नक्सा बनाउने व्यक्ति इरेटस्थनिज हुन्
पृथ्वीको कक्षको
झुकाइ (Tilt of the earth's axis) पत्ता लगाउने व्यक्ति इरेटस्थनिज हुन् ।
महादेश सम्बन्धी जानकारी
पृथ्वीको बाह्य
सतहमा जलमण्डलले ढाकेको बाहेकको भाग अर्थात् जमिनको भागलाई महादेश भनिन्छ ।
पृथ्वीको सतहको कूल
क्षेत्रफलको २९.२% भूभाग महादेशले ओगटेको छ ।
महादेशहरुको कुल
क्षेत्रफल १४ करोड ८९ लाख ८७ हजार वर्ग किमी छ ।
पृथ्वीमा ७ वटा
महादेशहरु छन् । ती यसप्रकार छन् :-
एसिया २) अफ्रिका ३)
उत्तर अमेरिका ४) दक्षिण अमेरिका ५) युरोप ६) अष्ट्रेलिया र ७) अन्टार्टिका
(Asia,
Africa, North America, South America, Europe, Australia, Antartica)
दुई महादेशमा
फैलिएका देशहरु रसिया र टर्की हुन् ।
एशिया र युरोपलाई
संयुक्त रुपमा युरेसिया भनिन्छ ।
एशिया र युरोपलाई
युराल र ककेसस पर्वतले जोडेको छ ।
एशिया महादेश
सबैभन्दा ठूलो
महादेश ।
क्षेत्रफल ४३,९९९,००० वर्ग किमी ।
पूर्व पश्चिम लम्बाई
९६०० किमी ।
उत्तर दक्षिण चौडाई
८६०० किमी ।
विश्वको ३०% भूभाग ओगटेको
।
विश्वको ६०%
जनसंख्या ओगटेको ।
उत्तरी गोलार्द्धमा
अवस्थित ।
१००
दक्षिणी अक्षाँशदेखी ७८० उत्तरी अक्षाँशसम्म र २५० पूर्वी
देशान्तरदेखी १७०० पश्चिमि देशान्तरसम्म फैलिएको
विषमताको महादेशले
प्रख्यात
१२ भुपरिवेष्ठित
राष्ट्र (नेपाल, ताजकिस्तान,
लाओस, भुटान, अफगानिस्तान,
मंगोलिया, किर्गिस्तान,
आर्मेनिया, अजरवैजान, कजाकस्तान, तुर्कमेनिस्तान र
उज्वेकिस्तान)
पूर्वमा प्रशान्त
महासागर, पश्चिममा
यूरोप महादेश, उत्तरमा सुमेरु महासागरर दक्षिणमा हिन्द महासागर रहेको
विश्वकै सर्वोच्च
शिखर सगरमाथा रहेको
विश्वकै सबैभन्दा
जाडो हुने ठाउँ रुसको भर्खोयान्सक
विश्वकै सबैभन्दा
अग्लो स्थानमा रहेको ताल मनाङ्गको तिलिचो ताल (४९१९ मी.)
विश्वकै सबैभन्दा
गहिरो ताल वैकाल ताल
अफ्रिका महादेश
दोश्रो ठूलो महादेश
क्षेत्रफल – २,९७,८५,००० वर्ग किलोमिटर
अक्षाँश – ३७०
उत्तरी देखी ३५० दक्षिणी
देशान्तर – २००
पश्चिमी देखी ५०० पूर्वी
उत्तर दक्षिण लम्बाई
– ८०००
किमी
पूर्व पश्चिम चौडाई – ७४४० किमी
विश्वको कूल भूभागको
२०.२% भूभाग ओगटेको
यस महादेशलाई
भूमध्यरेखाले बीच भागमा काटेको छ
पूर्वमा लालसागर, पश्चिममा आन्ध्र
महासागर, उत्तरमा
भूमध्यसागर र दक्षिणमा कुमेरु महासागर
अंध्यारो वा कालो (Dark/Black
Continent) महादेशले
पनि चिनिने
जनावरहरुको अद्भुत
वासस्थानको रुपमा चिनिने महादेश
विश्व प्रसिद्ध मानव
निर्मित गिजाको पिरामिड इजिप्टमा छ
अफ्रिकाको लामो
पर्वत श्रृँखला एटलस पर्वत हो ।
अफ्रिकाको सबैभन्दा
ठण्डा हावापानी भएको देश मोरक्को हो ।
अफ्रिकाको सबैभन्दा
गर्मी हुने ठाउँ लिबिया हो ।
अफ्रिकाको सबैभन्दा
ठूलो ताल भिक्टोरिया ताल हो ।
अफ्रिकाको सर्वोच्च
शिखर किलिमान्जरो (५८९५ मी.) हो ।
मदागास्कर टापु यहि
महादेशमा पर्दछ ।
१५ वटा भूपरिवेष्ठित
राष्ट्रहरु रहेका ।
विश्वकै सबैभन्दा
ठूलो हिराखानी किम्बरखान हो ।
विश्वमै सबैभन्दा
वढी सुन र हिरा उत्पादन हुने महादेश
विश्वकै सबैभन्दा
ठूलो मरुभूमी सहारा मरुभूमी (८४ लाख व.कि.मि.)
उच्च समस्थलीको
महादेश भनेर पनि चिनिने
विश्वकै सबैभन्दा
लामो नदी नाइल (६६९० कि.मी.) हो
अफ्रिकाको होचो भाग
लेक असाल हो ।
उत्तर अमेरीका (North America)
क्षेत्रफलको हिसाबले
तेश्रो ठूलो महादेश
क्रिस्टोफर
कोलम्बसले पत्ता लगाएको महादेश (सन्१४९२)
क्षेत्रफल – २,४३,२०,००० वर्ग कि.मि.
विश्वको
भूक्षेत्रफलको १६.९% भाग ओगटेको
अक्षाँशीय फैलावट –
१००
उत्तरी देखी ८०० उत्तरी सम्म
देशान्तरीय फैलावट –
२००
पश्चिमी देखी १६०० पश्चिमी सम्म
उत्तर दक्षिण सरदर
लम्बाई – ७२००
किमी
पूर्व पश्चिम सरदर
चौडाई – ४८००
किमी
पूर्वमा आन्ध्र
महासागर,
पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर र दक्षिणमा पानामा नहर
नयाँ संसार भनेर
चिनिने
पश्चिमी गोलार्द्धको
महादेशको नामले पनि चिनिने
विश्वकै सबैभन्दा
ठूलो नेशनल पार्क क्यानडाको उड बफेलो नेसनल पार्क हो ।
विश्वकै सबैभन्दा
ठूलो गुम्बज एस्ट्रोडम हो ।
विश्वकै सबैभन्दा
ताजा पानीको ताल सुपेरियर ताल हो ।
यसको सबैभन्दा ठूलो
राष्ट्र क्यानडा र सानो राष्ट्र सेन्ट किट्स एण्ड नेभिस हो ।
अमेरिगो विस्पुक्की
नामक साहसीक यात्रीको नामबाट यस महादेशको नाम राखिएको हो ।
यसको सबैभन्दा अग्लो
शिखर मेकिन्ले (६१९४ मी.) हो ।
यसको सबैभन्दा होचो
भाग क्यालिफोर्नियाको डेथ भ्याली हो ।
यसको सबैभन्दा सक्रिय
ज्वालामुखी माउण्ट सान्ता मारिया हो ।
प्रमुख तालहरुमा
सुपेरियर, मिचिगन,
ह्युरन, इरी, ओन्टेरियो आदि
प्रमुख नदीहरुमा
मिसिसिपि-मिसौरी, हड्सन, युकन, अरकन्सास, कोलोराडो, ओहियो, कोलम्बीया आदि
यहाँको घाँसै
मैदानलाई प्रेयरी भनिन्छ ।
दक्षिण अमेरिका
चौथो ठूलो महादेश
क्षेत्रफल – १,७७,९८,५०० वर्ग किमी
लम्बाई – ७४४२ कि.मी.
चौडाई – ५२२१ कि.मी.
अक्षाँशीय अवस्थिति –
१२०
उत्तरी देखी ५६० दक्षिणी
देशान्तरीय अवस्थिति
– ३५०
पश्चिमी देखी ८०० पश्चिमी
विश्वको भू
क्षेत्रको ११.९% ओगटेको
पूर्व र उत्तरमा
आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर र दक्षिणमा कुमेरु महासागर
माउण्ट ओकान्कागुआ
यसको सबैभन्दा अग्लो शिखर
चराहरुको महादेश
भनेर पनि चिनिने
विश्वको सबैभन्दा
दक्षिणमा पर्ने शहर पुन्टा एरिनस, चिली यसै महादेशमा पर्ने
अन्टार्कटिका महादेश (Antarctica Content)
विश्वको पाँचौ ठूलो
महादेश
वर्षभरिनै हिँउ
जमिरहेन महादेश
क्षेत्रफल – १,३०,००,००० वर्ग कि.मी.
विश्वको भू
क्षेत्रको ८.९ प्रतिशत भूभाग ओगटेको
अक्षाँशीय फैलावट –
६६.५०
दक्षिणी देखी ९०० दक्षिणीसम्म
देशान्तरीय फैलावट –
११४०
पूर्वी १५३० पूर्वीसम्म
विश्वको ९०% हिउँ
रहेको
हिउँको मोटाई २१००
मीटरसम्म रहेको
हिम चादर (Ice
Sheet) को
महादेश नामले चिनिने
मानव बसोवास नभएको
पूर्वमा आन्ध्र
महासागर क्यारेवियन सागर तथा पानामा जलसंयोजक, पश्चिममा प्रशान्त महासागर र दक्षिणमा
डेक नहर
सुन्दर पँक्षी
किविको लागि प्रसिद्ध
कुमेरु महासागरले
चारैतिरबाट घेरिएको
आर्थिक दृष्टिले
महत्व नभएपनि विभिन्न राष्ट्रले अनुसन्धानको लागि यस महादेशको केही भाग आ-आफ्नो
कब्जामा राखेका छन्
Europe (यूरोप)
छैठौँ ठूलो महादेश
१,०४,९८,००० वर्ग कि.मी.
क्षेत्रफल
विश्वको भूक्षेत्रको
७ प्रतिशत भूभाग ओगटेको
अक्षाँशीय फैलावट –
३६०
उत्तरि देखी ७१० उत्तरी
देशान्तरीय फैलावट –
२००
पश्चिमी देखी ६५० पश्चिमी
पूर्व पश्चिम लम्बाइ
– ६४००
कि.मी.
उत्तर दक्षिण चौडाई –
४८०० कि.मी.
पूर्वमा एसिया
महादेश, पश्चिममा
आन्ध्र महासागर, उत्तरमा सुमेरु महासागर र दक्षिणमा भूमध्यसागर रहेको
प्रायद्विपको पनि
प्रायद्वीप भनेर चिनिन्छ
तीनतिरबाट पानी र
एकातिरबाट जमिनले घेरिएको जमिनलाई प्रायद्वीप (Peninsula) भनिन्छ ।
एकापसमा सिमाना
जोडिएको एशिया र यूरोप महादेशलाई संयुक्तरुपमा यूरेसिया भनिन्छ ।
अग्लो शिखर –
माउण्ट एल्ब्रुज (५६३३ मी), रुस
होचो भू-भाग –
क्यास्पियन समुद्री
तट
सबभन्दा ठूलो
राष्ट्र – रुस (१,७०,७५,००० व.कि.मी.)
सबभन्दा सानो
राष्ट्र – भ्याटिकन
सिटी (०.४४
व.कि.मी.)
भूपरिवेष्ठित
राष्ट्रहरुको संख्या – १८ ()
लामो नदी – भोल्गा
ठूलो ताल – लडोगा (रुस)
महत्वपूर्ण नदी –
डेन्यूब
प्रमुख नदीहरु –
डेन्यूब, भोल्गा, युराल, डन आदि
लामो पर्वत श्रृँखला
– आल्पस
पर्वत
गर्मी मुलुक –
स्पेन
ठण्डी मुलुक –
रसिया
Garden
of World – फ्रान्स,
इटाली, स्पेन, ग्रीस
रोटीको बास्केट भनेर
चिनिने देश – युक्रेन
Buffer
Zone of Europe -
बेल्जियम
अष्ट्रेलिया (Australia)
विश्वको सबैभन्दा
सानो देश
क्षेत्रफल – ७६,८६,८८० व.कि.मी.
पृथ्वीको कुल स्थल
भूभागको ५.३ प्रतिशत ओगटेको
पूर्व पश्चिम सरदर
लम्बाई – ३९००
मीटर
उत्तर दक्षिण सरदर
चौडाई – ३१५०
मिटर
अक्षाँशीय फैलावट –
१००
दक्षिणी देखी ४०० दक्षिणी
देशान्तरीय फैलावट –
११४०
पूर्वी देखी १५३० पूर्वी
पूर्वमा कोरल र
टासमन समुद्र (प्रशान्त), पश्चिममा हिन्द महासागर, उत्तरमा पपुवा न्यूगिनि, दक्षिणमा न्यूजिल्याण्ड
घाँसेमैदानको नाम –
डाउन्स Downs
टापु महादेश तथा
कंगारुको महादेश भनेर चिनिने
सबभन्दा ठूलो नदी –
मरे डार्लिङ्ग (३७५० कि.मी.)
प्रमुख नदीहरु –
मरे डार्लिङ्ग,
फिटजराय, भिक्टोरिया, व्रिसवेन, गोरकोयन, कुपरक्रिक, मुचिर्सन आदि
अग्लो शिखर –
माउण्ट कोस्कियुस्को
अग्लो भूभाग –
जाया पन्कक (पपुवा न्यूगिनि)
होचो भूभाग –
आइरा ताल (समुद्र सतहबाट १६
मि. होचो)
प्रशस्त मात्रामा
पाताल कुवाहरु भएको महादेश
लामो पर्वत श्रृँखला
– ग्रेट
डिभाइडिङ्ग रेन्ज
ठूलो मरुभूमि –
ग्रेट भिक्टोरिया
विचित्रताको
महादेशले प्रख्यात
एउटै महादेश एउटै
देश भएतापनि यहाँ १३ वटा देश छन्
ठूलो नुनिलो ताल –
आइरा ताल
विश्वमा सर्वाधिक
मात्रामा उन उत्पादन हुने महादेश
लामो मुगा पर्वत
श्रृँखला – ग्रेट व्यारियर रिफ
प्रमुख सहरहरु –
सिड्नी, मलबोर्न, पर्थ, होबोर्ट, व्रिसवेन
यहाँको आदिवासीलाई
एवोरोजिनीज भनिन्छ
ठूलो देश – अष्ट्रेलिया
सानो देश – नाउरु (२१.३)
महासागर (Ocean) सम्बन्धी जानकारी
महासागर भन्नाले
पृथ्वीको सतहमा पानीले ढाकेको विशाल जलमण्डलको भाग भन्ने बुझाउँछ ।
पृथ्वीको सतहको कूल
क्षेत्रफलको ७०.८% भाग जलमण्डलले ढाकेको छ ।
पृथ्वीको कूल पानीको
भाग मध्ये ८८.९% भाग महासागरहरुले ढाकेको छ ।
पृथ्वीको कूल पानीको
भाग मध्ये ११.१% भाग नदी, हिमनदी, ताल, तलैया र सागरले ढाकेको छ ।
पृथ्वीमा ५ वटा
महासागरहरु (प्रशान्त, आन्ध्र, हिन्द, कुमेरु र सुमेरु) छन् ।
समुन्द्रको पानीको
स्वाद नुनिलो हुन्छ ।
समुन्द्रको पानीमा
औसत रुपमा ३५% नुनिलोपन पाइन्छ ।
विश्वको सबैभन्दा
नुनिलो पानीको सागर भूमध्य सागर हो ।
महासागर तथा
समुन्द्रको गहिराई नाप्ने यन्त्रलाई फेदोमिटर (Fathometer) भनिन्छ ।
एक फेदममा १.८ मि.
(६ फिट) हुन्छ ।
समुन्द्र सम्बन्धी
अध्ययन गर्ने विधालाई ओसियानोग्राफी (Oceanography) भनिन्छ ।
विश्वमा सागर दिवश
जुन ८ मा मनाइन्छ । सन् २००९ देखी मनाउन थालिएको हो
प्रशान्त (Pacific) महासागर
सबैभन्दा ठूलो
महासागर
क्षेत्रफल १६.५७
करोड व.कि.मी.
उत्तर तथा दक्षिण
अमेरीकाको पश्चिमी भाग तथा एशिया र अष्ट्रेलियाको पूर्वी र उत्तरी भागमा अवस्थित
पृथ्वीको सबैभन्दा
ठूलो र गहिरो महासागर
पृथ्वीको जलमण्डलको ४५.५%
भाग ओगटेको
सबैभन्दा गहिरो भाग
मरियाना ट्रेन्च (११,७७६ मिटर)
औसत गहिराई ४३००
मीटर
त्रिभुज आकारको
टापु तथा द्वीपहरुको
संख्या २०,०००
प्रत्येक वर्ष १
इन्चको दरले खुम्चिदै गएको
स्पेनिस
अनुसन्धानकर्ता फर्डिनेन्ट मेगलन ले नामाकरण गरेका
प्रशान्त महासागर
पार गर्ने क्रममा डुंगा चलाउँदा उक्त महासागरको पानीको वहाव शान्त र सरल भएकोले
सोही आधारमा नामाकरण गरेका
यसमा ह्वाङ्ग हो,
अमुर, यान्जे, क्लोरोडो, मिसौरी र यकुन
नदीहरु यस महासागरमा आएर मिल्छन्
आन्ध्र महासागर (Atlantic Ocean)
दोश्रो ठूलो महासागर
क्षेत्रफल : ८ करोड
२४ लाख वर्ग किमी
तेश्रो गहिरो
महासागर
औसत गहिराई ३,७०० मीटर
अधिकतम गहिराई ९,२०० मीटर
सबैभन्दा गहिरो
स्थान पुर्टोरिका द्वीप (Puerto
Rico Deep)
उत्तर र दक्षिण
अमेरिकाको पूर्व तथा अफ्रिका र यूरोपको पश्चिममा अवस्थित
उत्तरमा सुमेरु
महासागर र दक्षिणमा कुमेरु महासागरसँग जोडीएको
S
आकारको
पृथ्वीको कूल जल
सतहको २३% भाग ओगटेको
प्रत्येक वर्ष १
इन्चको दरले फैँलदै गएको
यस सागरमा
मिसिन ८ नदीहरु (राईन, सेनेगल, नाइजर, कङ्गो, सेन्टलरेन्स, मिसिसिपी, अमेजन र ओरिनोको)
प्राचिन ग्रिकबासीहरुद्वारा
नामाकरण
वाणिज्य महासागर (Ocean
of Commerce) को
नामले चिनिने
यस महासागरको
रहस्यमय समुद्री क्षेत्र वर्मुडा त्रिकोण हो ।
हिन्द महासागर (Indian Ocean)
तश्रो ठूलो महासागर
दोश्रो गहिरो
महासागर
मनसुनी महासागरको
नामले चिनिने
तेलको महासागरले प्रख्यात
क्षेत्रफल – ७ करोड ३५ लाख वर्ग
कि.मी.
पृथ्वीको कूल
जलमण्डलको २०.५ प्रतिशत ओगटेको
औसत गहिराई ३९००
मीटर
गहिरो स्थान –
जाभा ट्रेन्च (Java
Trench)
यस महासागरबाट
उत्पत्ति भइ बहने वायु मनसुनी वायु हो
प्रमुख नदीहरु –
मेकाङ्ग, मेनाम, गंगा, ब्रम्हपुत्र,
इरावदी, सिन्ध, टिग्रिस र युफ्रेट
एशिया, अफ्रिका र
अष्ट्रेलिया महादेशको बीचमा अवस्थित
उत्तरमा लालसागर र
उत्तर पश्चिममा अरबी सागर रहेको
कुमेरु (Antartic)महासागर
चौथो ठूलो महासागर
क्षेत्रफल २ करोड ४४
लाख वर्ग कि.मी.
पृथ्वीको कुल
जलमण्डलको ७ प्रतिशत ओगटेको
अन्टार्टिका
महादेशको चारैतिर दक्षिण ध्रुवको आसपासमा फैलिएको
दक्षिण ध्रुवीय
महासागरको नामले पनि चिनिने
दक्षिण ध्रुवीय
महासागरको उपनामले चिनिने
औसत गहिराई २४००
मिटर (७९००
फिट)
प्रशान्त महासागर र
आन्ध्र महासागरसँग जोडिएको
चिसो पानीको
महासागरको नामले प्रसिद्ध
यो वृत्ताकार आकारको
छ
सुमेरु महासागर (Arctic Ocean)
सबैभन्दा सानो
महासागर
क्षेत्रफल – १ करोड ५१ लाख वर्ग
कि.मी.
पृथ्वीको कूल
जलमण्डलको ४ प्रतिशत ओगटेको
उत्तरी ध्रुवको
आसपासमा फैलिएकोले यसलाई उत्तरी ध्रुवीय महासागरको नामले पनि चिनिने
वृत्ताकारको
औसत गहिराई १३३०
मीटर
सबैभन्दा कम गहिरो
महासागर
सबैभन्दा कम गहिरो
स्थान मोली दिप (५६०८ मी.)
चिसो पानीको
महासागरको नामले पनि चिनिने
आन्ध्र महासागरसँग
जोडिएको
भूमध्य रेखा
पृथ्वीलाई २ बराबर
भागमा विभाजन गर्ने गरी पृथ्वीको मध्य भागमा पूर्व-पश्चिम दिशामा खिचिएको काल्पनिक
रेखालाई भू-मध्यरेखा भनिन्छ ।
भूमध्यरेखामा
सूर्यको प्रकाश सिधा पर्दछ ।
अक्षाँश रेखाहरु १/१
डिग्रीको फरकमा हुन्छ ।
१ डिग्री अक्षाँशको
फरकमा सरदर १११ कि.मी. दूरी फरक पर्छ ।
२३.५०
उत्तरी अक्षाँशलाई कर्कट रेखा भनिन्छ ।
६६.५०
उत्तरी अक्षाँशलाई सुमेरु वृत्त भनिन्छ ।
२३.५०
दक्षिणी अक्षाँशलाई मकर रेखा भनिन्छ ।
६६.५०
दक्षिणी अक्षाँशलाई कुमेरु वृत्त भनिन्छ ।
विश्व मानचित्रमा
सबैभन्दा बढी उचाइमा विविधता २० डिग्री उत्तरी अक्षाँशदेखी ५० डिग्री उत्तरी
अक्षाँशसम्मको क्षेत्रमा रहेको छ
ध्रुव (Polar)
पृथ्वीको केन्द्रबाट
उत्तर-दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको माथिल्लो छेउलाई उत्तरी ध्रुव (North
Pole) भनिन्छ
।
पृथ्वीको केन्द्रबाट
उत्तर-दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको तल्लो छेउलाई दक्षिणी ध्रुव (South
Pole) भनिन्छ
।
पृथ्वीको ध्रुवीय
भाग केही थेप्चिएको र बीचको भाग केही फुकेको हुन्छ ।
देशान्तर (Longitude)
पृथ्वीको उत्तरी र
दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई देशान्तर भनिन्छ ।
बेलायतको ग्रिनवीचलाई
आधार मानी उत्तरी ध्रुवदेखी दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखालाई प्रधान
मध्यान्ह रेखा भनिन्छ । यसलाई ० डिग्री देशान्तर रेखा पनि भनिन्छ
देशान्तरलाई डिग्री,
मिनेट र सेकेण्ड
एकाइमा नापिन्छ ।
प्रधान मध्यान्ह
रेखा देखी पूर्वतर्फ १८०० सम्मका देशान्तर रेखालाई पूर्वी देशान्तर
भनिन्छ ।
प्रधान मध्यान्ह
रेखा देखी पश्चिमतर्फ १८०० सम्मका देशान्तर रेखालाई पश्चिमि देशान्तर
भनिन्छ ।
देशान्तर रेखाहरु
१/१ डिग्रीको फरकमा पूर्वी गोलारद्धमा १८० वटा र पश्चिमी गोलार्द्धमा १८० वटा गरी
जम्मा ३६० वटा हुन्छन् ।
हरेक १ डिग्री देशान्तरमा ४ मिनेटको फरक हुन्छ ।
१ डिग्री देशान्तरको
भूमध्यरेखामा दुरी १११.३२ किलोमिटर हुन्छ, जो ध्रुवीय क्षेत्रतर्फ क्रमश; कम हुँदै जान्छ र
ध्रुवमा देशान्तर रेखाबीचको दूरी शून्य हुन्छ ।
प्रत्येक देशान्तर
रेखामा दिनको १ पटक मध्यान्ह हुने भएकोले देशान्तर रेखालाई मध्यान्ह रेखा (Meridian
of Longitudes) को
नामले पनि चिनिन्छ ।
देशान्तर रेखाको
सहयोगबाट कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन सकिन्छ ।
मध्यान्ह रेखादेखी
पूर्वतर्फको समय क्रमश; छिटो हुन्छ भने उक्त रेखा देखी पश्चिमतर्फको समय क्रमश; ढिलो हुन्छ ।
अक्षाँश (Latitude)
भूमध्यरेखासँग
समानान्तर हुने गरी पूर्व-पश्चिम खिचिएको काल्पनिक रेखालाई अक्षाँश भनिन्छ ।
अक्षाँश पृथ्वीको
केन्द्रमा बनेको त्यो कोण हो जो भूमध्यरेखाको उत्तर वा दक्षिणस्थित कुनै स्थान वा
विन्दुको कोणीय दूरीलाई जनाउँछ ।
अक्षाँश रेखाहरु १८०
वटा हुन्छ । (९० वटा उत्तरी गोलार्द्धमा र ९० वटा दक्षिणी गोलार्द्धमा)
भूमध्यरेखा ००
को अक्षाँश रेखा हो ।
भूमध्यरेखाबाट जति
जति उत्तर वा दक्षिणतिर गइन्छ अक्षाँश रेखाहरु उतिउति सानो हुँदै जान्छन् र
ध्रुवमा पुग्दा विन्दु मात्र रहन्छ ।
गर्जनेवाला चालिसा
दक्षिणी गोलार्द्धको ४०० देखी ६०० दक्षिण अक्षाँशको बीचमा
पर्दछ ।
अक्षाँश रेखाहरु
पूर्ण वृत्ताकार आकारको हुन्छन् ।
अक्षाँशको उपयोगिता
कुनै स्थान
भूमध्यरेखाबाट उत्तर वा दक्षिणपट्टि कुन दूरीमा पर्छ भन्ने थाहा पाउने ।
हावापानीको अवस्था
पत्ता लगाउन ।
कुनै समयमा कुनै
निश्चित ठाउँको दिन र रात थाहा पाउन
पृथ्वीको सतहको कुनै
निश्चित स्थानबाट पृथ्वीको व्यासको सो ठाउँको विपरित स्थानलाई प्रतिलोम भनिन्छ ।
अक्षाँशमा ६०" सेकेण्ड को १ मिनेट
र ६०' मिनेट
को १ डिग्री हुन्छ ।
अक्षाँश डिग्री,
मिनेट र सेकेण्डमा
नापिन्छ ।
सरदर १०० कि.मी.
अक्षाँशीय विस्तारमा १०० मीटर उचाइको फरक पर्दछ ।
भूपरिवेष्ठित राष्ट्रहरुबारेको जानकारी
-
North
America and Australia are the only continents with no
landlocked countries (not including Antarctica).