Monday, August 17, 2015

geography



Contents

भूगोल सम्बन्धी जानकारी

—  भूगोल (Geography) पृथ्वीको अध्ययन गर्ने शास्त्र हो ।
—  Geo को अर्थ पृथ्वी (Earth) र Graphy को अर्थ वर्णन (Description) हो ।
—  भूगोल (Geography) शब्द Greek  भाषाको Geografein (जोग्राफिन) शब्दबाट लिइएको हो ।
—  Geografein (जोग्राफिन) :- पृथ्वीको वर्णन (The Description of Earth)
—  भूगोलको अध्ययन मानव सभ्यताको विकाससँगै भएको हो ।
—  भूगोलका इतिहासमा "नयाँ युगको खोज" (Age of New Discovery) भनी १८ औँ शताव्दीलाई मानिन्छ ।
—  प्रारम्भमा भूगोलको अध्ययन क्षेत्र पृथ्वी तथा त्यसका निवासीहरुको वर्णनमा मात्र सिमित थियो ।
—  भूगोल शब्दको प्रयोग सर्वप्रथम इरेटस्थनिज (Eratosthenes) ले गरेका हुन् । उनी ग्रीक नागरिक थिए ।
—  भूगोलमा प्राकृतिक वातावरणको क्षेत्र भन्नाले स्थलमण्डल, जलमण्डल, वायुमण्डल तथा जीवमण्डललाई बुझिन्छ ।
—  भूगोलमा सर्वप्रथम ज्वारीय सिद्दान्त वेलायतका जिन्सले सन् १९१९ मा प्रस्तुत गरेका हुन् ।
—  जिन्सको सिद्दान्त संशोधन गरी सन् १९२६ मा जेफ्रेले अर्को सिद्दान्त निकालेका थिए ।
—  ज्वारीय सिद्दान्त अनुसार आदिकालमा सूर्य ग्यासको विशाल पुञ्ज थियो ।

भूगोलको विभाजन

भौतिक भूगोलका प्रकारहरु

भौतिक भूगोलका प्रकारहरु

मानव भूगोलका प्रकारहरु


सामाजिक भूगोल

—  बसोवास भूगोल (Settlement Geography)
—  जनसंख्या भूगोल (Population Geography)
—  राजनीतिक भूगोल (Political Geography)
—  ऐतिहासिक भूगोल (Historical Geography)
—  सैन्य भूगोल (Military Geography)
—  प्रादेशिक भूगोल (Regional Geography)
आर्थिक भूगोल

आर्थिक भूगोल (Economic Geography) अन्तर्गत:-

                हावापानीको उपज, भौतिक वस्तुहरुको शोषण तथा उपयोग, उद्योगका लागि खनिज वस्तुको प्रयोग, विरुवा र जनावरको उपयोग, समुद्र र जंगलको सदुपयोगको साथसाथै उद्योग, व्यापार, कृषि, पशुपालन, खनिज उत्खनन् आदि विभिन्न किसिमका आर्थिक क्रियाकलापहरुको अध्ययन पर्दछन् ।
—  आर्थिक भूगोल मानव भूगोलको एक शाखा हो, जसले मानवका आर्थिक जीवनका पाटाहरुको अध्ययन गर्दछ ।

भूगोलका परिभाषाहरु

—  प्राकृतिक विज्ञान र सामाजिक विज्ञानलाई जोड्ने शास्त्र भूगोल हो । - हेटरन
—  Geography is the science of relationship. - हेटरन
—  भूगोल क्षेत्रीय भिन्नतामा अध्ययन गर्ने शास्त्र हो । - आर. हार्टशोर्न
—  भूगोल त्यो विषय हो जसले पृथ्वीको सतहको वर्णन धरातलीय स्वरुप, हावापानी, वनस्पति, माटो, उत्पादन, जनता र तिनीहरुको वितरणको आधारमा गर्दछ । - भूगोल शब्दकोश
—  Man and Earth are the two most dynamic elements of geography. - Miss Semple
—  के कहाँ, किन र कसरी बनेको छ भन्ने बारे भूगोलले बताउँछ । - बोमेन

भूगोल सम्बन्धी विविध जानकारी

—  Cartography भन्नाले मानचित्र विद्या (The art of map)
—  इरेटस्थनिजको जन्म इ.पू.२७६ मा प्राचीन ग्रीसको साइरिनमा
—  इरेटस्थनिज गणितविद्, भुगोलविद्, कवि, ज्योतिष, संगितसाधक आदि ।
—  पृथ्वीको सर्वप्रथम नक्सा बनाउने व्यक्ति इरेटस्थनिज हुन्
—  पृथ्वीको कक्षको झुकाइ (Tilt of the earth's axis) पत्ता लगाउने व्यक्ति इरेटस्थनिज हुन् ।

महादेश सम्बन्धी जानकारी

—  पृथ्वीको बाह्य सतहमा जलमण्डलले ढाकेको बाहेकको भाग अर्थात् जमिनको भागलाई महादेश भनिन्छ ।
—  पृथ्वीको सतहको कूल क्षेत्रफलको २९.२% भूभाग महादेशले ओगटेको छ ।
—  महादेशहरुको कुल क्षेत्रफल १४ करोड ८९ लाख ८७ हजार वर्ग किमी छ ।
—  पृथ्वीमा ७ वटा महादेशहरु छन् । ती यसप्रकार छन् :-
—  एसिया २) अफ्रिका ३) उत्तर अमेरिका ४) दक्षिण अमेरिका ५) युरोप ६) अष्ट्रेलिया र ७) अन्टार्टिका
—  (Asia, Africa, North America, South America, Europe, Australia, Antartica)
—  दुई महादेशमा फैलिएका देशहरु रसिया र टर्की हुन् ।
—  एशिया र युरोपलाई संयुक्त रुपमा युरेसिया भनिन्छ ।
—  एशिया र युरोपलाई युराल र ककेसस पर्वतले जोडेको छ ।

एशिया महादेश

—  सबैभन्दा ठूलो महादेश ।
—  क्षेत्रफल ४३,९९९,००० वर्ग किमी ।
—  पूर्व पश्चिम लम्बाई ९६०० किमी ।
—  उत्तर दक्षिण चौडाई ८६०० किमी ।
—  विश्वको ३०% भूभाग ओगटेको ।
—  विश्वको ६०% जनसंख्या ओगटेको ।
—  उत्तरी गोलार्द्धमा अवस्थित ।
—  १०० दक्षिणी अक्षाँशदेखी ७८० उत्तरी अक्षाँशसम्म र २५० पूर्वी देशान्तरदेखी १७०० पश्चिमि देशान्तरसम्म फैलिएको
—  विषमताको महादेशले प्रख्यात
—  १२ भुपरिवेष्ठित राष्ट्र (नेपाल, ताजकिस्तान, लाओस, भुटान, अफगानिस्तान, मंगोलिया, किर्गिस्तान, आर्मेनिया, अजरवैजान, कजाकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान)
—  पूर्वमा प्रशान्त महासागर, पश्चिममा यूरोप महादेश, उत्तरमा सुमेरु महासागरर दक्षिणमा हिन्द महासागर रहेको
—  विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको
—  विश्वकै सबैभन्दा जाडो हुने ठाउँ रुसको भर्खोयान्सक
—  विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल मनाङ्गको तिलिचो ताल (४९१९ मी.)
—  विश्वकै सबैभन्दा गहिरो ताल वैकाल ताल

अफ्रिका महादेश

—  दोश्रो ठूलो महादेश
—  क्षेत्रफल – २,९७,८५,००० वर्ग किलोमिटर
—  अक्षाँश – ३७० उत्तरी देखी ३५० दक्षिणी
—  देशान्तर – २०० पश्चिमी देखी ५०० पूर्वी
—  उत्तर दक्षिण लम्बाई – ८००० किमी
—  पूर्व पश्चिम चौडाई – ७४४० किमी
—  विश्वको कूल भूभागको २०.२% भूभाग ओगटेको
—  यस महादेशलाई भूमध्यरेखाले बीच भागमा काटेको छ
—  पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भूमध्यसागर र दक्षिणमा कुमेरु महासागर
—  अंध्यारो वा कालो (Dark/Black Continent) महादेशले पनि चिनिने 
—  जनावरहरुको अद्भुत वासस्थानको रुपमा चिनिने महादेश
—  विश्व प्रसिद्ध मानव निर्मित गिजाको पिरामिड इजिप्टमा छ
—  अफ्रिकाको लामो पर्वत श्रृँखला एटलस पर्वत हो ।
—  अफ्रिकाको सबैभन्दा ठण्डा हावापानी भएको देश मोरक्को हो ।
—  अफ्रिकाको सबैभन्दा गर्मी हुने ठाउँ लिबिया हो ।
—  अफ्रिकाको सबैभन्दा ठूलो ताल भिक्टोरिया ताल हो ।
—  अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जरो (५८९५ मी.) हो ।
—  मदागास्कर टापु यहि महादेशमा पर्दछ ।
—  १५ वटा भूपरिवेष्ठित राष्ट्रहरु रहेका ।
—  विश्वकै सबैभन्दा ठूलो हिराखानी किम्बरखान हो ।
—  विश्वमै सबैभन्दा वढी सुन र हिरा उत्पादन हुने महादेश
—  विश्वकै सबैभन्दा ठूलो मरुभूमी सहारा मरुभूमी (८४ लाख व.कि.मि.)
—  उच्च समस्थलीको महादेश भनेर पनि चिनिने
—  विश्वकै सबैभन्दा लामो नदी नाइल (६६९० कि.मी.) हो
—  अफ्रिकाको होचो भाग लेक असाल हो ।

उत्तर अमेरीका (North America)

—  क्षेत्रफलको हिसाबले तेश्रो ठूलो महादेश
—  क्रिस्टोफर कोलम्बसले पत्ता लगाएको महादेश (सन्१४९२)
—  क्षेत्रफल – २,४३,२०,००० वर्ग कि.मि.
—  विश्वको भूक्षेत्रफलको १६.९% भाग ओगटेको
—  अक्षाँशीय फैलावट – १०० उत्तरी देखी ८०० उत्तरी सम्म
—  देशान्तरीय फैलावट – २०० पश्चिमी देखी १६०० पश्चिमी सम्म
—  उत्तर दक्षिण सरदर लम्बाई – ७२०० किमी
—  पूर्व पश्चिम सरदर चौडाई – ४८०० किमी
—  पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर र दक्षिणमा पानामा नहर
—  नयाँ संसार भनेर चिनिने
—  पश्चिमी गोलार्द्धको महादेशको नामले पनि चिनिने
—  विश्वकै सबैभन्दा ठूलो नेशनल पार्क क्यानडाको उड बफेलो नेसनल पार्क हो ।
—  विश्वकै सबैभन्दा ठूलो गुम्बज एस्ट्रोडम हो ।
—  विश्वकै सबैभन्दा ताजा पानीको ताल सुपेरियर ताल हो ।
—  यसको सबैभन्दा ठूलो राष्ट्र क्यानडा र सानो राष्ट्र सेन्ट किट्स एण्ड नेभिस हो ।
—  अमेरिगो विस्पुक्की नामक साहसीक यात्रीको नामबाट यस महादेशको नाम राखिएको हो ।
—  यसको सबैभन्दा अग्लो शिखर मेकिन्ले (६१९४ मी.) हो ।
—  यसको सबैभन्दा होचो भाग क्यालिफोर्नियाको डेथ भ्याली हो ।
—  यसको सबैभन्दा सक्रिय ज्वालामुखी माउण्ट सान्ता मारिया हो ।
—  प्रमुख तालहरुमा सुपेरियर, मिचिगन, ह्युरन, इरी, ओन्टेरियो आदि
—  प्रमुख नदीहरुमा मिसिसिपि-मिसौरी, हड्सन, युकन, अरकन्सास, कोलोराडो, ओहियो, कोलम्बीया आदि
—  यहाँको घाँसै मैदानलाई प्रेयरी भनिन्छ ।

दक्षिण अमेरिका

—  चौथो ठूलो महादेश
—  क्षेत्रफल – १,७७,९८,५०० वर्ग किमी
—  लम्बाई – ७४४२ कि.मी.
—  चौडाई – ५२२१ कि.मी.
—  अक्षाँशीय अवस्थिति – १२० उत्तरी देखी ५६० दक्षिणी
—  देशान्तरीय अवस्थिति – ३५० पश्चिमी देखी ८०० पश्चिमी
—  विश्वको भू क्षेत्रको ११.९% ओगटेको
—  पूर्व र उत्तरमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर र दक्षिणमा कुमेरु महासागर
—  माउण्ट ओकान्कागुआ यसको सबैभन्दा अग्लो शिखर
—  चराहरुको महादेश भनेर पनि चिनिने
—  विश्वको सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनस, चिली यसै महादेशमा पर्ने

अन्टार्कटिका महादेश (Antarctica Content)

—  विश्वको पाँचौ ठूलो महादेश
—  वर्षभरिनै हिँउ जमिरहेन महादेश
—  क्षेत्रफल – १,३०,००,००० वर्ग कि.मी.
—  विश्वको भू क्षेत्रको ८.९ प्रतिशत भूभाग ओगटेको
—  अक्षाँशीय फैलावट – ६६.५० दक्षिणी देखी ९०० दक्षिणीसम्म
—  देशान्तरीय फैलावट – ११४० पूर्वी १५३० पूर्वीसम्म
—  विश्वको ९०% हिउँ रहेको
—  हिउँको मोटाई २१०० मीटरसम्म रहेको
—  हिम चादर (Ice Sheet) को महादेश नामले चिनिने
—  मानव बसोवास नभएको
—  पूर्वमा आन्ध्र महासागर क्यारेवियन सागर तथा पानामा जलसंयोजक, पश्चिममा प्रशान्त महासागर र दक्षिणमा डेक नहर
—  सुन्दर पँक्षी किविको लागि प्रसिद्ध
—  कुमेरु महासागरले चारैतिरबाट घेरिएको
—  आर्थिक दृष्टिले महत्व नभएपनि विभिन्न राष्ट्रले अनुसन्धानको लागि यस महादेशको केही भाग आ-आफ्नो कब्जामा राखेका छन्

Europe (यूरोप)

—  छैठौँ ठूलो महादेश
—  १,०४,९८,००० वर्ग कि.मी. क्षेत्रफल
—  विश्वको भूक्षेत्रको ७ प्रतिशत भूभाग ओगटेको
—  अक्षाँशीय फैलावट – ३६० उत्तरि देखी ७१० उत्तरी
—  देशान्तरीय फैलावट – २०० पश्चिमी देखी ६५० पश्चिमी
—  पूर्व पश्चिम लम्बाइ – ६४०० कि.मी.
—  उत्तर दक्षिण चौडाई – ४८०० कि.मी.
—  पूर्वमा एसिया महादेश, पश्चिममा आन्ध्र महासागर, उत्तरमा सुमेरु महासागर र दक्षिणमा भूमध्यसागर रहेको
—  प्रायद्विपको पनि प्रायद्वीप भनेर चिनिन्छ
—  तीनतिरबाट पानी र एकातिरबाट जमिनले घेरिएको जमिनलाई प्रायद्वीप (Peninsula) भनिन्छ ।
—  एकापसमा सिमाना जोडिएको एशिया र यूरोप महादेशलाई संयुक्तरुपमा यूरेसिया भनिन्छ ।
—  अग्लो शिखर – माउण्ट एल्ब्रुज (५६३३ मी), रुस
—  होचो भू-भाग – क्यास्पियन समुद्री तट
—  सबभन्दा ठूलो राष्ट्र – रुस (१,७०,७५,००० व.कि.मी.)
—  सबभन्दा सानो राष्ट्र – भ्याटिकन सिटी (०.४४ व.कि.मी.)
—  भूपरिवेष्ठित राष्ट्रहरुको संख्या – १८ ()
—  लामो नदी – भोल्गा
—  ठूलो ताल – लडोगा (रुस)
—  महत्वपूर्ण नदी – डेन्यूब
—  प्रमुख नदीहरु – डेन्यूब, भोल्गा, युराल, डन आदि
—  लामो पर्वत श्रृँखला – आल्पस पर्वत
—  गर्मी मुलुक – स्पेन
—  ठण्डी मुलुक – रसिया
—  Garden of World – फ्रान्स, इटाली, स्पेन, ग्रीस
—  रोटीको बास्केट भनेर चिनिने देश – युक्रेन
—  Buffer Zone of Europe - बेल्जियम

अष्ट्रेलिया (Australia)

—  विश्वको सबैभन्दा सानो देश
—  क्षेत्रफल – ७६,८६,८८० व.कि.मी.
—  पृथ्वीको कुल स्थल भूभागको ५.३ प्रतिशत ओगटेको
—  पूर्व पश्चिम सरदर लम्बाई – ३९०० मीटर
—  उत्तर दक्षिण सरदर चौडाई – ३१५० मिटर
—  अक्षाँशीय फैलावट – १०० दक्षिणी देखी ४०० दक्षिणी
—  देशान्तरीय फैलावट – ११४० पूर्वी देखी १५३० पूर्वी
—  पूर्वमा कोरल र टासमन समुद्र (प्रशान्त), पश्चिममा हिन्द महासागर, उत्तरमा पपुवा न्यूगिनि, दक्षिणमा न्यूजिल्याण्ड
—  घाँसेमैदानको नाम – डाउन्स Downs
—  टापु महादेश तथा कंगारुको महादेश भनेर चिनिने
—  सबभन्दा ठूलो नदी – मरे डार्लिङ्ग (३७५० कि.मी.)
—  प्रमुख नदीहरु – मरे डार्लिङ्ग, फिटजराय, भिक्टोरिया, व्रिसवेन, गोरकोयन, कुपरक्रिक, मुचिर्सन आदि
—  अग्लो शिखर – माउण्ट कोस्कियुस्को
—  अग्लो भूभाग – जाया पन्कक (पपुवा न्यूगिनि)
—  होचो भूभाग – आइरा ताल (समुद्र सतहबाट १६ मि. होचो)
—  प्रशस्त मात्रामा पाताल कुवाहरु भएको महादेश
—  लामो पर्वत श्रृँखला – ग्रेट डिभाइडिङ्ग रेन्ज
—  ठूलो मरुभूमि – ग्रेट भिक्टोरिया
—  विचित्रताको महादेशले प्रख्यात
—  एउटै महादेश एउटै देश भएतापनि यहाँ १३ वटा देश छन्
—  ठूलो नुनिलो ताल – आइरा ताल
—  विश्वमा सर्वाधिक मात्रामा उन उत्पादन हुने महादेश
—  लामो मुगा पर्वत श्रृँखला – ग्रेट व्यारियर रिफ
—  प्रमुख सहरहरु – सिड्नी, मलबोर्न, पर्थ, होबोर्ट, व्रिसवेन
—  यहाँको आदिवासीलाई एवोरोजिनीज भनिन्छ
—  ठूलो देश – अष्ट्रेलिया
—  सानो देश – नाउरु (२१.३)

महासागर (Ocean) सम्बन्धी जानकारी

—  महासागर भन्नाले पृथ्वीको सतहमा पानीले ढाकेको विशाल जलमण्डलको भाग भन्ने बुझाउँछ ।
—  पृथ्वीको सतहको कूल क्षेत्रफलको ७०.८% भाग जलमण्डलले ढाकेको छ ।
—  पृथ्वीको कूल पानीको भाग मध्ये ८८.९% भाग महासागरहरुले ढाकेको छ ।
—  पृथ्वीको कूल पानीको भाग मध्ये ११.१% भाग नदी, हिमनदी, ताल, तलैया र सागरले ढाकेको छ । 
—  पृथ्वीमा ५ वटा महासागरहरु (प्रशान्त, आन्ध्र, हिन्द, कुमेरु र सुमेरु) छन् ।
—  समुन्द्रको पानीको स्वाद नुनिलो हुन्छ ।
—  समुन्द्रको पानीमा औसत रुपमा ३५% नुनिलोपन पाइन्छ ।
—  विश्वको सबैभन्दा नुनिलो पानीको सागर भूमध्य सागर हो ।
—  महासागर तथा समुन्द्रको गहिराई नाप्ने यन्त्रलाई फेदोमिटर (Fathometer) भनिन्छ ।
—  एक फेदममा १.८ मि. (६ फिट) हुन्छ ।
—  समुन्द्र सम्बन्धी अध्ययन गर्ने विधालाई ओसियानोग्राफी (Oceanography) भनिन्छ ।
—  विश्वमा सागर दिवश जुन ८ मा मनाइन्छ । सन् २००९ देखी मनाउन थालिएको हो

प्रशान्त (Pacific) महासागर

—  सबैभन्दा ठूलो महासागर
—  क्षेत्रफल १६.५७ करोड व.कि.मी.
—  उत्तर तथा दक्षिण अमेरीकाको पश्चिमी भाग तथा एशिया र अष्ट्रेलियाको पूर्वी र उत्तरी भागमा अवस्थित
—  पृथ्वीको सबैभन्दा ठूलो र गहिरो महासागर
—  पृथ्वीको जलमण्डलको ४५.५% भाग ओगटेको
—  सबैभन्दा गहिरो भाग मरियाना ट्रेन्च (११,७७६ मिटर)
—  औसत गहिराई ४३०० मीटर
—  त्रिभुज आकारको 
—  टापु तथा द्वीपहरुको संख्या २०,०००
—  प्रत्येक वर्ष १ इन्चको दरले खुम्चिदै गएको 
—  स्पेनिस अनुसन्धानकर्ता फर्डिनेन्ट मेगलन ले नामाकरण गरेका
—  प्रशान्त महासागर पार गर्ने क्रममा डुंगा चलाउँदा उक्त महासागरको पानीको वहाव शान्त र सरल भएकोले सोही आधारमा नामाकरण गरेका
—  यसमा ह्वाङ्ग हो, अमुर, यान्जे, क्लोरोडो, मिसौरी र यकुन नदीहरु यस महासागरमा आएर मिल्छन्

आन्ध्र महासागर (Atlantic Ocean)

—  दोश्रो ठूलो महासागर
—  क्षेत्रफल : ८ करोड २४ लाख वर्ग किमी
—  तेश्रो गहिरो महासागर
—  औसत गहिराई ३,७०० मीटर
—  अधिकतम गहिराई ९,२०० मीटर
—  सबैभन्दा गहिरो स्थान पुर्टोरिका  द्वीप (Puerto Rico Deep)
—  उत्तर र दक्षिण अमेरिकाको पूर्व तथा अफ्रिका र यूरोपको पश्चिममा अवस्थित
—  उत्तरमा सुमेरु महासागर र दक्षिणमा कुमेरु महासागरसँग जोडीएको
—  S आकारको
—  पृथ्वीको कूल जल सतहको २३% भाग ओगटेको
—  प्रत्येक वर्ष १ इन्चको दरले फैँलदै गएको
—  यस सागरमा मिसिन  ८ नदीहरु  (राईन, सेनेगल, नाइजर, कङ्गो, सेन्टलरेन्स, मिसिसिपी, अमेजन र ओरिनोको)
—  प्राचिन ग्रिकबासीहरुद्वारा नामाकरण
—  वाणिज्य महासागर (Ocean of Commerce) को नामले चिनिने
—  यस महासागरको रहस्यमय समुद्री क्षेत्र वर्मुडा त्रिकोण हो ।

हिन्द महासागर (Indian Ocean)

—  तश्रो ठूलो महासागर
—  दोश्रो गहिरो महासागर
—  मनसुनी महासागरको नामले चिनिने
—  तेलको महासागरले प्रख्यात
—  क्षेत्रफल – ७ करोड ३५ लाख वर्ग कि.मी.
—  पृथ्वीको कूल जलमण्डलको २०.५ प्रतिशत ओगटेको
—  औसत गहिराई ३९०० मीटर
—  गहिरो स्थान – जाभा ट्रेन्च (Java Trench)
—  यस महासागरबाट उत्पत्ति भइ बहने वायु मनसुनी वायु हो
—  प्रमुख नदीहरु – मेकाङ्ग, मेनाम, गंगा, ब्रम्हपुत्र, इरावदी, सिन्ध, टिग्रिस र युफ्रेट
—  एशिया, अफ्रिका र अष्ट्रेलिया महादेशको बीचमा अवस्थित
—  उत्तरमा लालसागर र उत्तर पश्चिममा अरबी सागर रहेको

कुमेरु (Antartic)महासागर

—  चौथो ठूलो महासागर
—  क्षेत्रफल २ करोड ४४ लाख वर्ग कि.मी.
—  पृथ्वीको कुल जलमण्डलको ७ प्रतिशत ओगटेको
—  अन्टार्टिका महादेशको चारैतिर दक्षिण ध्रुवको आसपासमा फैलिएको
—  दक्षिण ध्रुवीय महासागरको नामले पनि चिनिने
—  दक्षिण ध्रुवीय महासागरको उपनामले चिनिने
—  औसत गहिराई २४०० मिटर (७९०० फिट)
—  प्रशान्त महासागर र आन्ध्र महासागरसँग जोडिएको
—  चिसो पानीको महासागरको नामले प्रसिद्ध
—  यो वृत्ताकार आकारको छ

सुमेरु महासागर (Arctic Ocean)

—  सबैभन्दा सानो महासागर
—  क्षेत्रफल – १ करोड ५१ लाख वर्ग कि.मी.
—  पृथ्वीको कूल जलमण्डलको ४ प्रतिशत ओगटेको
—  उत्तरी ध्रुवको आसपासमा फैलिएकोले यसलाई उत्तरी ध्रुवीय महासागरको नामले पनि चिनिने
—  वृत्ताकारको
—  औसत गहिराई १३३० मीटर
—  सबैभन्दा कम गहिरो महासागर
—  सबैभन्दा कम गहिरो स्थान मोली दिप (५६०८ मी.)
—  चिसो पानीको महासागरको नामले पनि चिनिने
—  आन्ध्र महासागरसँग जोडिएको

भूमध्य रेखा

—  पृथ्वीलाई २ बराबर भागमा विभाजन गर्ने गरी पृथ्वीको मध्य भागमा पूर्व-पश्चिम दिशामा खिचिएको काल्पनिक रेखालाई भू-मध्यरेखा भनिन्छ ।
—  भूमध्यरेखामा सूर्यको प्रकाश सिधा पर्दछ ।
—  अक्षाँश रेखाहरु १/१ डिग्रीको फरकमा हुन्छ ।
—  १ डिग्री अक्षाँशको फरकमा सरदर १११ कि.मी. दूरी फरक पर्छ ।
—  २३.५० उत्तरी अक्षाँशलाई कर्कट रेखा भनिन्छ ।
—  ६६.५० उत्तरी अक्षाँशलाई सुमेरु वृत्त भनिन्छ ।
—  २३.५० दक्षिणी अक्षाँशलाई मकर रेखा भनिन्छ ।
—  ६६.५० दक्षिणी अक्षाँशलाई कुमेरु वृत्त भनिन्छ ।
—  विश्व मानचित्रमा सबैभन्दा बढी उचाइमा विविधता २० डिग्री उत्तरी अक्षाँशदेखी ५० डिग्री उत्तरी अक्षाँशसम्मको क्षेत्रमा रहेको छ

ध्रुव (Polar)

—  पृथ्वीको केन्द्रबाट उत्तर-दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको माथिल्लो छेउलाई उत्तरी ध्रुव (North Pole) भनिन्छ ।
—  पृथ्वीको केन्द्रबाट उत्तर-दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको तल्लो छेउलाई दक्षिणी ध्रुव (South Pole) भनिन्छ ।
—  पृथ्वीको ध्रुवीय भाग केही थेप्चिएको र बीचको भाग केही फुकेको हुन्छ ।

देशान्तर (Longitude)

—  पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई देशान्तर भनिन्छ ।
—  बेलायतको ग्रिनवीचलाई आधार मानी उत्तरी ध्रुवदेखी दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखालाई प्रधान मध्यान्ह रेखा भनिन्छ । यसलाई ० डिग्री देशान्तर रेखा पनि भनिन्छ
—  देशान्तरलाई डिग्री, मिनेट र सेकेण्ड एकाइमा नापिन्छ ।
—  प्रधान मध्यान्ह रेखा देखी पूर्वतर्फ १८०० सम्मका देशान्तर रेखालाई पूर्वी देशान्तर भनिन्छ ।
—  प्रधान मध्यान्ह रेखा देखी पश्चिमतर्फ १८०० सम्मका देशान्तर रेखालाई पश्चिमि देशान्तर भनिन्छ ।
—  देशान्तर रेखाहरु १/१ डिग्रीको फरकमा पूर्वी गोलारद्धमा १८० वटा र पश्चिमी गोलार्द्धमा १८० वटा गरी जम्मा ३६० वटा हुन्छन् ।
—   हरेक १ डिग्री देशान्तरमा ४ मिनेटको फरक हुन्छ ।
—  १ डिग्री देशान्तरको भूमध्यरेखामा दुरी १११.३२ किलोमिटर हुन्छ, जो ध्रुवीय क्षेत्रतर्फ क्रमश; कम हुँदै जान्छ र ध्रुवमा देशान्तर रेखाबीचको दूरी शून्य हुन्छ ।
—  प्रत्येक देशान्तर रेखामा दिनको १ पटक मध्यान्ह हुने भएकोले देशान्तर रेखालाई मध्यान्ह रेखा (Meridian of Longitudes) को नामले पनि चिनिन्छ ।
—  देशान्तर रेखाको सहयोगबाट कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन सकिन्छ ।
—  मध्यान्ह रेखादेखी पूर्वतर्फको समय क्रमश; छिटो हुन्छ भने उक्त रेखा देखी पश्चिमतर्फको समय क्रमश; ढिलो हुन्छ ।

अक्षाँश (Latitude)

—  भूमध्यरेखासँग समानान्तर हुने गरी पूर्व-पश्चिम खिचिएको काल्पनिक रेखालाई अक्षाँश भनिन्छ ।
—  अक्षाँश पृथ्वीको केन्द्रमा बनेको त्यो कोण हो जो भूमध्यरेखाको उत्तर वा दक्षिणस्थित कुनै स्थान वा विन्दुको कोणीय दूरीलाई जनाउँछ ।
—  अक्षाँश रेखाहरु १८० वटा हुन्छ । (९० वटा उत्तरी गोलार्द्धमा  र ९० वटा दक्षिणी गोलार्द्धमा)
—  भूमध्यरेखा ०० को अक्षाँश रेखा हो ।
—  भूमध्यरेखाबाट जति जति उत्तर वा दक्षिणतिर गइन्छ अक्षाँश रेखाहरु उतिउति सानो हुँदै जान्छन् र ध्रुवमा पुग्दा विन्दु मात्र रहन्छ ।
—  गर्जनेवाला चालिसा दक्षिणी गोलार्द्धको ४०० देखी ६०० दक्षिण अक्षाँशको बीचमा पर्दछ ।
—  अक्षाँश रेखाहरु पूर्ण वृत्ताकार आकारको हुन्छन् । 
—  अक्षाँशको उपयोगिता
—  कुनै स्थान भूमध्यरेखाबाट उत्तर वा दक्षिणपट्टि कुन दूरीमा पर्छ भन्ने थाहा पाउने ।
—  हावापानीको अवस्था पत्ता लगाउन ।
—  कुनै समयमा कुनै निश्चित ठाउँको दिन र रात थाहा पाउन
—  पृथ्वीको सतहको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको सो ठाउँको विपरित स्थानलाई प्रतिलोम भनिन्छ ।
—  अक्षाँशमा ६०" सेकेण्ड को १ मिनेट र ६०' मिनेट को १ डिग्री हुन्छ ।
—  अक्षाँश डिग्री, मिनेट र सेकेण्डमा नापिन्छ ।
—  सरदर १०० कि.मी. अक्षाँशीय विस्तारमा १०० मीटर उचाइको फरक पर्दछ ।

भूपरिवेष्ठित राष्ट्रहरुबारेको जानकारी

-    North America and Australia are the only continents with no landlocked countries (not including Antarctica).