2. Modern Political Analysis objectives
questions
१.
राजनीतिशास्त्रमा सामान्य प्रणाली सिद्धान्त कुन शास्त्रबाट आएको हो ?
१.जीवशास्त्र.
२.
प्रणाली सिद्धान्त व्यापक रूपमा कहिलेबाट प्रयोग भएको हो ?
२.सन् १९५० पछि .
३.
प्रणाली उपागमको व्यापक प्रयोग र विस्तार गर्ने श्रेय कसले पाएका छन् ?
डेविट स्टन र आल्मण्ड.
४.
प्रणाली सिद्धान्तमा संरचना र कार्यको सम्बन्ध (Structural Functional Approach) लाई कसले जोड दिएका छन् ?
४.आल्मण्ड.
५.
प्रणाली सिद्धान्तमा प्रवेश निकास विश्लेषण (Input- output Analysis) लाई कसले जोड दिएका छन् ?
५.डेविट स्टन.
६.
राजनीतिको विश्लेषणमा राजनीतिक पद्धति सिद्धान्तको कहिले व्यापक रूपमा
प्रयोग भएको थियो ?
६.२० औँ शताब्दीको अन्त्यतिर .
७.
डेविट स्टनले प्रणाली सिद्धान्तलाई राजनीतिशास्त्रमा विशुद्ध रूपमा
कहिले प्रयोग गरेका थिए ?
७.सन् १९५३ .
८.
प्रणाली सिद्धान्त अवधारणालाई डेविट स्टनले कहिले आनुभाविक अध्ययन
प्रक्रिया र राजनीतिक जीवनको अध्ययन गर्ने किसिमले विचार प्रतिपादन गरेका छन् ?
८.सन् १९५७.
९.
डेविट स्टनको World Politicsमा ‘An
approach to the analysis of political system भन्ने लेख कहिले प्रकाशन भयो ?
९.सन् १९५७.
१०.
डेबिट स्टनले राजनीतिक प्रणालीमा कतिवटा कुरालाई नियन्त्रण र निरीक्षण
गर्ने क्षमता रहेको धारणा राखेका छन् ?
१०.३.
११.
राजनीतिक प्रणालीमा कुन कुन तीन कुरालाई नियन्त्रण र निरीक्षण गर्ने
क्षमता रहने डेविट स्टनको विचार रहेको छ ?
नीति, अख्तियार र समाज.
१२.
राजनीतिक प्रणाली सम्बन्धी देहायका मध्ये डेबिट स्टनको विचार कुन सही
छ ?
Authoritative allocation of values.
१३.
राजनीतिक प्रणाली सम्बन्धी देहायका मध्ये आल्मण्ड एण्ड पावेलको विचार
कुन सही छ ?
१३.Use of legitimate physical coercion.
१४.
आल्मण्डले राजनीतिक प्रणालीका कति वटा तत्वहरू वर्णन गरेका छन् ?
१४.३.
१५.
आल्मण्डका अनुसार राजनीतिक प्रणालीका तीनवटा तत्वहरू के के हुन् ?
१५.सर्वव्यापकता, अन्योन्याश्रित र सीमाको अस्तित्व.
१६.
आल्मण्डले राजनीतिक प्रणालीका कति वटा विशेषताको वर्णन गरेका छन् ?
१६.५.
१७.
आल्मण्डका अनुसार राजनीतिक प्रणालीका पाँच विशेषता मध्ये राजनीतिक
प्रणालीको ढाँचाको र कार्यको सार्वभौमिकता हुन भने अरु दुई के के हुन् ?
१७.राजनीतिक प्रणालीको साँस्कृतिक मिश्रण र
बहुकार्यशीलता.
१८.
डेविट स्टनसँग तलकामध्ये कुन पुस्तक सम्बन्धित छ ?
Political system, A framework for
political analysis, A system analysis, All of above
१९.
डेविट स्टनले राजनीतिक व्यवस्थालाई कति प्रकारले विभाजन गरेका छन् ?
१९.२.
२०.
डेविट स्टनको विचारमा राजनीतिक व्यवस्थाका दुई वर्गीकरणमा के–के पर्दछन् ?
२०.बन्द र खुला .
२१.
पर्यावरणलाई डेविट स्टनले कुन–कुन दुई प्रकारमा व्याख्या गरेका छन् ?
२१.अन्तरसामाजिक र समाजइतर.
२२.
राजनीतिक प्रणाली विश्लेषणमा अन्तर्राष्ट्रिय व्यवस्थाका नमूना पेश
गर्ने राजनीतिक विद्वान् को हुन् ?
२२.कप्लान.
२३.
मर्टन कत्लानले राजनीतिक प्रणालीको विश्लेषणमा वेश ६ किसिमका
अन्तर्राष्ट्रिय व्यवस्थामध्ये शिथिल दुई ध्रुवीय व्यवस्था, शक्ति सन्तुलन व्यवस्था, विश्वव्यापीकर्ता
व्यवस्था हुन् भने अरु तीन कुन–कुन हुन्
?
२३.दृढ दुई धु्रवीय व्यवस्था, श्रेणीबद्ध अन्तर्राष्ट्रिय व्यवस्था र एकाई निषेधाधिकार व्यवस्था .
२४.
लोकतान्त्रिक राजनीतिक व्यवस्था र सर्वाधिकार राजनीतिक व्यवस्थाबीच
अन्तर गरी राजनीतिक प्रणालीको कसले विश्लेषण गरेका हुन् ?
एप्टर.
२५.
आल्मण्ड र पावेलले रूपान्तर कार्यलाई कुन कुन दुई भागमा बाँडेका
छन् ?
आगत र निर्गत.
२६.
आल्मण्डका अनुसार राजनीतिक प्रणालीको आगत कार्य अन्तर्गत तलकामध्ये
कुन पर्दैन ?
२६.हित अभिव्यक्ति, हित संयुक्तीकरण, नियम
निर्माण, राजनीतिक संचार,
२७.
आल्मण्डका अनुसार राजनीतिक प्रणालीको निर्गत कार्य अन्तर्गत तलकामध्ये
कुन पर्दैन?
नियम निर्माण, नियम कार्यान्वयन, राजनीतिक
संचार, नियम न्यायधिकरण
२८.
वियर र उलामका अनुसार विश्वका राजनीतिक व्यवस्था चरहरूको आधारमा
गरिएको अध्ययन पद्दतिको विश्लेषणका श्रेणीहरूमा तलकामध्ये कुन सही छ ?
राजनीतिक संस्कारको अध्ययन पद्दति, शक्तिको अध्ययन पद्दति, हित
शैली र नीतिगत अध्ययन पद्दति, माथिका
सबै
२९. राजनीतिक संस्कृति सम्बन्धी तलकामध्ये कुन
सही छ ?
जनताको राजनीतिप्रतिको मनोवृत्ति, समाजमाथि परेको राजनीतिक प्रभाव सम्बन्धी धारणा र मान्यता, माथिका दुबै
३०.
राजनीतिक संस्कारलाई कहिलेबाट राजनीतिक विश्लेषणका लागि प्रयोग गरेको
अध्ययन शैलीका रूपमा लिइन्छ ?
३०.सन् १९५० पछि.
३१.
संस्कृति वा संस्कारसम्बन्धी धारणा केसँग सम्बन्धित छ ?
३१.मानवशास्त्र र समाजशास्त्र .
३२.
राजनीतिक संस्कृतिको अवधारणा सर्वप्रथम कसले प्रस्तुत गरेका हुन् ?
३२.आल्मण्ड र पावेल.
३३.
आल्मण्ड र पावेलले राजनीतिक संस्कृतिको बारेमा कहिले प्रस्तुत गरेका
थिए ?
३३.सन् १९५३.
३४.
राजनीतिक संस्कृतिको अवधारणा सर्वप्रथम आल्मण्ड र पावेलको कुन लेखमा
प्रकाशित भएको थियो ?
Comparative political system.
३५.
राजनीतिक संस्कृतिको अवधारणालाई स्यामुयल वियर र आदमले सन् १९५८ मा
कुन पुस्तकमार्फत पुनः प्रयोग गरी व्यापक बनाएका हुन् ?
Pattern of Government.
३६.
सर्वप्रथम आल्मण्ड र भर्वाले कति वटा देशको राजनीतिक संस्कारको
माध्यमबाट राजनीतिक संस्कारको दृष्टिकोण तयार पारेका हुन् ?
३६.५.
३७.
राजनीतिक संस्कारको दृष्टिकोणलाई चार साँस्कृतिक विभागमा बाँडी
विशिष्टीकरण र सामान्यीकरण कसले गरेका हुन् ?
आल्मण्ड र पावेल .
३८.
राजनीतिक संस्कृतिलाई प्रभाव पार्ने तत्वमा तलकामध्ये कुन पर्दछन् ?
आनुभाविक विश्वास, मूल्य, अभिरुची र प्रभाव माथिका सबै
३९.
आल्मण्ड र भर्वाले राजनीतिक संस्कार विशुद्ध रूपमा कति प्रकारमा
वर्गीकरण गरेका छन् ?
३९.३.
४०.
आल्मण्ड र भर्वाका अनुसार तीन विशुद्ध राजनीतिक संस्कृति मध्ये
संकीर्ण र प्रजा दुई हुन भने अर्को कुन संस्कृति हो ?
४०.सहभागी राजनीतिक संस्कृति .
४१.
आल्मण्ड र भर्वाले अमेरिका, बेलायत, जर्मनी, इटाली र मेक्सीकोको राजनीतिक संस्कारको
अध्ययन गरी कुन पुस्तकमार्फत वर्गीकरण गरेका हुन् ?
The civic culture.
४२.
आल्मण्डको राजनीतिक संस्कृतिको तीन मिश्रित वर्गीकरणमा तलका मध्ये कुन
सही छ ?
४२.सङ्कीर्ण प्रज्ञा, राजनीतिक संस्कृति सङ्कीर्ण, सहभागी राजनीतिक संस्कृति प्रज्ञा, माथिका सबै.
४३.
फाइनरले राजनीतिक संस्कारलाई कति भागमा वर्गीकरण गरेका छन् ?
४३.३.
४४.
फाइनरका अनुसार राजनीतिक संस्कृतिका तीन प्रकारमध्ये परिपक्क र
विभाजित दुई हुन भने अर्को कुन हो ?
४४.निम्न राजनीतिक संस्कार .
४५.
आल्मण्डले राजनीतिक संस्कार र राजनीतिक व्यवस्थाको संरचनाका आधारमा
विश्वका राजनीतिक प्रणालीलाई कति उपसमूहमा विभाजित गरेका छन् ?
४५.४.
४६.
आल्मण्डका अनुसार विश्वका राजनीतिक प्रणालीका ४ उपसमूहमध्ये एङ्लो
अमेरिकी र युरोपीय राजनीति प्रणाली दुई हुन् भने अन्य कुन–कुन हुन् ?
४६.पूर्वऔद्योगिक तथा आंशिक औद्योगिक
राजनीतिक प्रणाली र सर्वाधिकारवादी राजनीतिक प्रणाली
४७.
टल्काम परसन्सको अनुसार राजनीतिक संस्कृतिको निर्धारण गर्ने तीन
तत्वहरूमध्ये व्यक्तिगत स्वार्थ र सहभागिता हुन भने अर्को कुन हो ?
राजनीतिक विश्वास.
४८.
एलनबालले राजनीतिक संस्कृतिका कतिवटा आयामको चर्चा गरेका छन् ?
४८.२.
४९.
एलनबालका अनुसार राजनीतिक संस्कृतिका आयाम के–के हुन् ?
धारणागत पक्ष र सहभागिता पक्ष .
५०.
आल्मण्ड र भर्वाका अनुसार राजनीतिक संस्कारका कतिवटा आयाम छन् ?
४.
५१.
आल्मण्ड र भर्वाका अनुसार राजनीतिक संस्कृतिका चार आयाममध्ये
राष्ट्रिय पहिचान र नागरिकसँगको ऐक्यबद्धता हुन् भने अन्य दुई कुन–कुन हुन् ?
सरकारी निकासप्रति विश्वास र नीति
निर्माणप्रतिको विश्वास .
५२.
राजनीतिक संस्कृतिको निर्धारक ततवहरूमा तलका मध्ये कुन मिल्दो छ ?
५२.भौगोलिक तत्व, ऐतिहासिक तत्व,
विचारधारात्मक तत्व, माथिका सबै
५३.
पिटर मर्कलका अनुसार राजनीतिक संस्कृतिको अवधारणका लाभहरूमा तलकामध्ये
कुन सही छ ?
५३.राजनीतिक संस्कृतिबाट मूल्य मान्यताको नाप
गर्न सकिने हुन्छ, जनतामा आउने मूल्यको परिवर्तनबाट
राजनीतिमा आउने परिवर्तनलाई हेर्न सकिने हुन्छ, अलग अलग भएका राजनीतिक संस्कृतिलाई एकिकृत गर्न सहयोग प्रदान गर्दछ, माथिका सबै
५४.
राजनीतिक सामाजिकीकरण भनेको के हो ?
५४.व्यक्तिलाई सामाजिकीकरण गरेर राजनीतिक
व्यक्तिका रूपमा रूपान्तरण गर्ने प्रक्रिया हो । .
५५.
आल्मण्ड र कोलमेनले राजनीतिक सामाजिकीकरणका कति प्रकार उल्लेख गरेका
छन् ?
५५.२.
५६.
आल्मण्ड र कोलमेनका अनुसार राजनीतिक सामाजिकीकरणका दुई प्रकार के के
हुन् ?
प्रकट र अप्रकट.
५७.
तलका मध्ये राजनीतिक सामाजिकीकरणका पक्षहरू कुन हुन् ?
५७.जीवनपर्यन्तको प्रक्रियाको रूपमा, प्रकट तथा अप्रकट रूपमा, एकीकरण
तथा विभाजनकारी रूपमा, माथिका सबै
५८.
तलकामध्ये राजनीतिक सामाजिकीकरणको चरहरू कुन हो ?
५८.समरूपता, खण्डित, माथिका दुवै
५९.
राजनीतिक सामाजिकीकरणको प्रमुख साधनमा तलकामध्ये कुन हो ?
५९.परिवार, विद्यालय,
राजनीतिक दल, माथिका सबै
६०.
राजनीतिक सामाजिकीकरणका कति वटा परिवर्तित रूप छन् ?
६०.२
६१.
राजनीतिक सामाजिकीकरणको परिवर्तित रूपमा व्यक्ति विश्वासको वातावरणमा
एक अर्कासँग मिलेर काम गर्नुलाई के भनिन्छ ?
६१.एकरूपता रूप .
६२.
राजनीतिक सामाजिकीकरणको परिवर्तित रूपमा व्यक्ति एक अर्काको अविश्वास
गर्ने र आपसी घृणा गर्ने कार्यलाई कुन रूप मानिन्छ ?
६२.खण्डित रूप.
६३.
बालक अवस्थामा गरिने सामाजिकीकरण प्रक्रियालाई इस्टन र डेनिसले कति
चरणमा बाँडेका छन् ?
६३.४.
६४.
रोबट डालले सामाजिकीकरणलाई कति किसिमबाट ग्रहण गर्ने कुरा उल्लेख
गरेका छन् ?
६४.३.
६५.
रोबर्ट डालका अनुसार ३ किसिमका सामाजिकीकरणमा तलकामध्ये कुन सही छ ?
प्रत्यक्ष वा अप्रत्यक्ष सिद्धान्त, विशिष्ट परिस्थितिबाट सामाजिकीकरण, बालकको मानसिकतामा पूर्ण निर्माण, माथिका सबै
६६.
राजनीतिक सामाजिकीकरणमा लोकमतको औचित्यता अन्तर्गत तलका मध्ये कुन सही
छ ?
६६.लोकमतले जनतामा राजनीतिक सामाजिकीकरणको
प्रक्रियालाई विस्तार र गति प्रदान गर्छ । लोकमतले जनतामा राजनीतिप्रतिको समान
धारणा बनाउ सघाउँछ । माथिका दुवै
६७.
मैनहिमका अनुसार राजनीतिक सामाजिकीकरणका ४ विशेषताहरूमा तलकामध्ये कुन
पर्दैन ?
६७.यो राजनीतिक प्रशिक्षणको अङ्ग हो । यसमा
व्यक्तिले राजनीतिक मूल्य, मान्यतालाई
ग्रहण गर्छ । यो सामाजिक अन्तक्र्रियाबाट निरन्तर चल्ने प्रक्रिया हो । व्यक्तिले
आफ्नै अनुभवबाट राजनीतिक सामाजिकीकरणको प्रतिनिधित्व गर्न सक्दैन ।
राजनीतिप्रति निकटता र दूरी रहने भएकाले सामाजिकीकरण प्रक्रिया विस्तृत हुन्छ ।
६८.
राजनीतिक सामाजिकीकरण सम्बन्धी प्राथमिक मत (Primary View) भन्नाले के बुझिन्छ ?
६८.राजनीतिक सामाजिकीकरण वाल्यकालबाटै शुरु
हुने । वाल्यकालमा परेको राजनीतिक छाप वयस्क अवस्थामा परिमार्जन भए पनि पुरै हटाउन
नसकिने । क र ख दुवै
६९.
लुसियन डब्लु पाईले कुन समाजको विश्लेषणमा राजनीतिक सामाजिकीकरण
सम्बन्धी प्राथमिक मत (Primary View) लाई प्रष्ट पारेको पाइन्छ ?
६९.एसियन समाज .
७०.
राजनीतिक सामाजिकीकरण सम्बन्धी अभिनववादी मत (Recency View) अनुसार तलकामध्ये कुन सही छ ?
७०.सामाजिकीकरणको प्रक्रिया तत्कालिन घटना, परिवेश र सन्दर्भहरूले विकास हुन्छ । यो प्रक्रिया वाल्यकालमा शुरु भए
पनि निरन्तर चल्ने प्रक्रिया भएकाले परिवर्तित र विकसित हुँदै जान्छ । वाल्यकालको
प्रभाव भन्दा तत्कालीन घटनाको प्रभाव व्यक्तिमा बढी पार्दछ । माथिका सबै
७१.
राजनीतिक सामाजिकीकरणको भूमिका अन्तर्गत तलकामध्ये कुन गलत छ ?
७१.व्यक्तिलाई राजनीतिक प्रणाली लगायत विविध
पक्षमा विश्वास, धारणा वा दृष्टिकोणबारे घुलमिल गराउन । राजनीतिक
र सामाजिक अस्थिरता बढाउन । जनतालाई राजनीतिक प्रणालीमा हुने परिवर्तनलाई
स्वीकार गराउन । राजनीतिक संस्कृतिको क्रमिक विकास गराउन ।
७२.
राजनीतिक सामाजिकीकरणको भूमिका अन्तर्गत तलकामध्ये कुन सही छ ?
राजनीतिक व्यवस्थालाई सक्रिय र निरन्तर
संचालनका लागि जनतालाई प्रशिक्षित गराउने । समाजका एक पूस्ताबाट अर्को पुस्तामा
राजनीति प्रति भावना वा दृष्टिकोण विकास गराउने । माथिका दुवै सही छन् ।
७३.
राजनीतिक सामाजिकीकरणलाई निर्धारण गर्ने तत्वहरूमा तलका मध्ये कुन
पर्दछ ?
राजनीतिक समाजको मूल्य र मान्यता, राजनीतिक समाजको अभिमुखीकरण, राजनीतिक
संस्कृतिको अवस्था, माथिका सबै
७४.
प्रणाली सक्षमताको अबधारण सर्वप्रथम प्रकाश पार्ने दार्शनिक को हुन् ?
प्लेटो र अरस्तु
७५.
पश्चिमी राजनीतिक चिन्तकहरूले राजनीतिक सक्षमताको कार्यसम्पादन
सम्बन्धी कस्तो धारणा राखेको पाइन्छ ?
७५.कार्यसम्पादन कहिले गर्ने .
७६.
अठारौँ र उन्नाइसौ शताब्दीका उदार राजनीतिक चिन्तकहरूले कस्तो
सरकारलाई उत्तम सरकार मनेका छन् ?
७६.न्यून शासन गर्ने .
७७.
साम्यवादी विचारकहरूको धारणा अनुसार राजनीतिक प्रणालीको संरचना, प्रक्रिया बाह्य वातावरणमा काम गर्ने क्षमताको निर्धारण केले हुन्छ?
७७.समाजमा रहेको वर्गीय स्वरूपले.
७८.
राजनीतिक सक्षमता सम्बन्धी तलकामध्ये कुन सही छ ?
७८.प्रजातान्त्रिक शासन व्यवस्था तथा
साम्यवादी शासन व्यवस्था अपनाएका राजनीतिक प्रणालीहरूले गर्ने कार्यसम्पादनको स्तर
एउटै नभई अलग अलग हुन्छ । प्रणाली र वातावरणबीचको सकारात्मक सम्बन्धले क्षमताको वृद्धिलाई
बुझाउँछ । राजनीतिक प्रणालीमा निरन्तर रूपमा भइरहने परिवर्तन तथा आन्तरिक र बाह्य
वातावरणमा आउने परिवर्तनलाई प्रणाली अनुकूल बनाउन सक्नु यसको सक्षमता हो । माथिका
सबै । .
७९.
सामाजिक आर्थिक परिवर्तनले सरकारको स्थायित्व र सक्षमतामा पर्ने
प्रभाव सम्बन्धमा कसले व्याख्या गरेका छन् ?
७९.कार्ल डवेच .
८०.
राजनीतिक सक्षमता सम्बन्धमा राजनीतिक प्रणालीका मागहरू संचालन गर्ने
क्षमताको चर्चा गर्नै को हुन् ?
८०.डेविट इस्टन .
८१.
राजनीतिक प्रणलीमा राजनीतिक क्षमताको भूमिका अन्तर्गत तलका मध्ये कुन
सही छ ?
यो प्रणालीको कार्य सम्पादन र घरेलु तथा
अन्तर्राष्ट्रिय वातावरणका विभिन्न क्रियाकलापको माध्यमबाट पहिचान गर्न सकिन्छ ।
राजनीतिक प्रणालीको परिवर्तन र समस्यालाई यथार्थपरक रूपमा सुल्झाउन प्रणालीको
क्षमताले सहयोग पुर्याउँछ । यसले राजनीतिक प्रणालीको मागलाई विश्लेषण गरी भावी
रणनीति तयार गर्न मार्गप्रशस्त गर्दछ । माथिका सबै
८२.
राजनीतिक सक्षमताको विषयमा क्रमवद्ध र व्यापक रूपमा विवेचना गर्ने काम
कसले गरेका हुन् ?
८२.आल्मण्ड एण्ड पावेल.
८३.
राजनीतिक प्रणालीका कार्यको स्तर र सक्षमता कोस्तर निर्धारण गरेका छन्
तथा आगत र निर्गतको आधारमा सक्षमताको निर्धारण कसले गरेका हुन् ?
८३.आल्मण्ड र पावेल .
८४.
आल्मण्ड र पावेलका अनुसार राजनीतिक सक्षमतालाई असर गर्ने तत्वहरू (Factor Affecting political system
capability) मा तलका
मध्ये कुन गलत छ ?
८४.भौतिक स्रोत साधनको उपलब्धता, जनतामा राजनीतिक समर्थनको स्तर, स्थानीय निकाय, शासक वर्गका लक्ष्य र कामकारवाही
८५.
राजनीतिक सक्षमताको सम्बन्धमा विस्तृत विवेचना गर्ने आल्मण्ड र
पावेलका अनुसार राजनीतिक प्रणालीका सक्षमताका कति प्रकारहरू पहिचान गरिएका
छन ?
८५.६.
८६.
आल्मण्ड र पावेलका अनुसार राजनीतिक प्रणालीका सक्षमताका ६
प्रकारहरूमध्ये दोहनात्मक सक्षमता, नियन्त्रणात्मक
सक्षमता, वितरणात्मक सक्षमता हुन भने अरू कुन कुन
हुन् ?
८६.उत्तरदायी सक्षमता, प्रतिकात्मक सक्षमता र घरेलु तथा अन्तर्राष्ट्रिय सक्षमता ।.
८७.
आल्मण्ड र पावेलका अनुसार राजनीतिक प्रणालीका सक्षमता अन्तर्गत
दोहनात्मक सक्षमता (Extractive
capability) भनेको के
हो ?
आन्तरिक एवं वाहृय वातावरणबाट मानवीय र
गैरमानवीय स्रोत र साधन प्राप्त गर्न सक्ने क्षमता ।.
८८.
आल्मण्ड र पावेलका अनुसार समाजलाई मर्यादित र व्यवस्थित गर्नका लागि
व्यक्ति वा समूहको आचरणलाई नियमन गर्ने क्षमता राजनीतिक प्रणालीको कस्तो सक्षमता
हो ?
८८.नियन्त्रणात्मक सक्षमता.
८९.
आल्मण्ड र पावेलका अनुसार वितरणात्मक सक्षमता (Distributive Capability) मा तलका मध्ये कुन गलत छ?
८९.यो समाजलाई मर्यादित र व्यवस्थित गर्नका
लागि व्यक्ति वा समूहको आचरणलाई नियमन गर्नेसँग सम्बन्धित सक्षमता हो । .
९०.
आल्मण्ड र पावेलका अनुसार प्रतिकात्मक सक्षमता (Symbolic capabilities) को धारणमा तलकामध्ये कुन गलत छ ?
९०.राजनीतिक प्रणालीले आन्तरिक र वाह्य
वातावरणमा प्रतिकको कुशलतापूर्वक प्रवाह गर्ने क्षमतालाई प्रतिकात्मक सक्षमता हो ।
यसमा राष्ट्रप्रमुखको यात्रा, राष्ट्रिय
चिन्ह, राष्ट्रिय झन्डा, ऐतिहासिक व्यक्तित्वका सालिक आदिको प्रवाह पर्दछन् । यसका लागि
वितरणात्मक क्षमतामा भन्दा बढी लागत लाग्दछ । जनतामा देशभक्तिको भावना
मजवुत बनाउनका लागि यस्तो सक्षमता आवश्यक पर्दछ ।
९१.
उत्तरदायी सक्षमतामा उतरदायीताको संस्थानीकरण भनेको के हो ?
९१.राजनीतिक प्रणालीले वातावरणबाट आएका कतिपय
मागको परिपूर्ति गर्दा स्थायीत्व समेत हासिल हुने ।.
९२.
राजनीतिक दलहरूको विश्लेषण गर्ने पद्धतिलाई के भनिन्छ ?
९२.स्टेसीयोलोजी .
९३.
मरिस डुभर्जरको ‘राजनीतिक
दल’ भन्ने पुस्तक कहिले प्रकाशित भएपछि
दलशास्त्रको विकास भएको पाइन्छ ?
सन् १९५१ .
९४.
प्रतिनिधिमूलक व्यवस्था आम जनसहभागिताको अवधारणासँगै कतिऔं शताब्दिमा
राजनीतिक दलको विकास भएको हो ?
१८ औं शताब्दी .
९५.
राजनीतिक दलको उत्पत्ति मुलुक भनेर कुन देशलाई चिनिन्छ ?
९५.अमेरिका.
९६.
भुटानमा कहिलेबाट दलहरू अस्तित्वमा आएको पाइन्छ ?
९६.सन् १९९७ .
९७.
माल्दिभ्समा कहिलेबाट राजनीतिक दल अस्तित्वमा आएको पाइन्छ ?
सन् २००० पछि .
९८.
भारतमा कहिले भारतीय राष्ट्रिय काँग्रेसको स्थापना भएपछि राजनीतिक
संगठनको अस्तित्व विकास भएको पाइन्छ ?
९८.सन् १८८५ .
९९.
नेपालमा प्रजापरिषद्को कहिले स्थापना भएपछि नेपालमा राजनीतिक संगठनको
अस्तित्व विकास भएको पाइन्छ ?
वि.सं. १९९३.
१००.
राजनीतिक दलको विकास जनसहभागिताका आधारमा तलका मध्ये कुन सिद्धान्तलाई
लिन सकिन्छ ?
१००.संस्थात्मक सिद्धान्त, ऐतिहासिक सिद्धान्त,
विकासवादी सिद्धान्त, माथिका सबै
१०१.
राजनीतिक दलको विकासमा संस्थात्मक सिद्धान्तको मान्यता अन्तर्गत तलका
मध्ये कुन सही छ ?
१०१.राजनीतिक दलको उत्पत्तिमा निर्वाचन
प्रणालीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । संसदमा हुने बहुमत र अल्पमतको गुटबाट
स्थायी गुटमा परिवर्तन भई राजनीतिक दलको निर्माण हुन्छ । माथिका दुवै सही छन् ।
१०२.
राजनीतिक दलको विकाससम्बन्धी ऐतिहासिक सिद्धान्तको मान्यता अन्तर्गत
तलकामध्ये कुन गलत छ ?
१०२.राजनीतिक संकटको अवस्था तथा परिस्थितिलाई
समाधान गर्नका लागि स्वतः उपाय खोजिन्छ । ऐतिहासिक संकटकालमा पनि दलहरूको विकास
हुन पुग्छ । दलको विकास संस्थाभन्दा बाहिर राजनीतिक घटना दुर्घटनाबाट हुन पुग्छ । समाजका
नवीन वर्ग शासनमा हिस्सेदारीका लागि दाबी गर्न सक्दैनन् ।
१०३.
राजनीतिक दलको विकास सम्बन्धी विकासवादी सिद्धान्तको मान्यता अन्तर्गत
तलकामध्ये कुन सही छ ?
१०३.राजनीतिक दलको उत्पत्ति र विकास क्रमबद्ध
रूपमा भएको पाइन्छ । जनताको हितको पहिचान गरी सुरक्षाका लागि भएको प्रयासको फलस्वरूप
राजनीतिक दलको विकास भएको हो । आफ्ना स्वार्थलाई अन्यसँग सामूहिक प्रयासबाट
प्राप्त गर्न वा अन्यको प्रभावबाट बच्नका लागि विस्तार संगठित हुने क्रममा दलको
विकास भएको हो । माथिका सबै
१०४.
राजनीतिक दलको संगठनात्मक ढाँचा निर्धारण गर्ने तत्व कुन हो ?
१०४.दलको विधान .
१०५.
राजनीतिक दलका कार्यहरूमा ला पलम्बराले पहिचान गरेका चार कार्यहरूमा
तलका मध्ये कुन होइन ?
व्यक्तिहरूमाथि एकरूपता ल्याउनु, नेताहरूको भर्ती र सामाजिकीकरण, राजनीतिक पहिचान गर्ने तथा मतलाई संरचनात्मक रूप दिने, सरकार बनाउने,
१०६.
न्यूम्यान तथा रबर्ट वोनको अनुसार प्रजातान्त्रिक व्यवस्थामा हुने
राजनीतिक दलका ४ कार्यमा तलकामध्ये कुन पर्दैन ?
१०६.अस्तव्यस्त तथा छरिएको जनइच्छालाई सङ्गठित
गर्ने, नागरिकहरूलाई राजनीतिक उत्तरदायित्वप्रति
शिक्षित तुल्याउने, जनइच्छामाथि एकै किसिमको नियन्त्रण गर्ने, नेताहरूको चुनाव गर्ने
१०७.
न्युम्यान तथा रवर्ट वोलका अनुसार सर्वाधिकारी व्यवस्थामा राजनीतिक
दलका कामहरूमा तलकामध्ये कुन सही छ ?
१०७.जनइच्छामाथि एकै किसिमको नियन्त्रण, व्यक्तिहरूमाथि एकरूपता ल्याउने, समाज एवं राज्यबीच सम्पर्क गर्नका लागि माथिबाट एकोहोरो प्रचार गर्न र
नेताको चुनाव । माथिका सबै
१०८.
राजनीतिक प्रणालीमा हित समूह भन्नाले के बुझिन्छ ?
१०८.जनताका हित अभिव्यक्त गर्ने माध्यम, समाजको समान हित र स्वार्थ भएका समूह, माथिका दुवै
१०९.
राजनीतिक प्रणालीमा दबाब समूह भन्नाले के बुझिन्छ ?
१०९.हित समूहले आफ्नो हित प्राप्तिका लागि
गतिशील भएको अवस्था । समाजमा मूल्यलाई आधिकारिक वितरणमा आफ्नो उद्देश्यलाई
प्राथमिकता दिनका लागि सक्रिय समूह । माथिका दुवै
११०.
आल्मण्ड र पावेलका अनुसार दबाब समूह भन्नाले के बुझिन्छ ?
राजनीतिक प्रक्रियाको भागका रूपमा रहने
समूह, सरकारी निर्णयलाई प्रभावित गर्ने समूह, दबाबका माध्यमबाट शासक बन्ने चाहना, माथिका सबै
१११.
लियन ब्लोन्डेलका अनुसार २ प्रकारका दवाव समूह के–के हुन् ?
१११.साम्प्रदायिक र संघात्मक .
११२.
आल्मण्ड र पावेलका अनुसार ४ किसिमका हित समूहमध्ये तलकामा कुन पर्दैन ?
११२.अप्रतिमानित, असामुदायिक,
संस्थागत, साम्प्रदायिक
११३.
दबाव समूह र राजनीतिक दलको भिन्नतामा तल उल्लिखित सन्दर्भ कुनचाहिँ
अमिल्दो छ ?
११३.दवाव समूह भन्दा राजनीतिक दलको वृहत्
संगठनात्मक ढाँचा हुन्छ । राजनीतिक दल निर्वाचनमा भाग लिन्छन भने दबाब समूहले
निर्वाचनमा प्रत्यक्ष रूपमा सहभागी हुँदैनन् । राजनीतिक दल विधायिकामा रहँदैन
भने दबाब समूह रहन्छ । राजनीतिक दलले सबै हितको प्रतिनिधित्व गर्दछ दवाव
समूहले विशिष्ट हितको मात्र प्रतिनिधित्व गर्दछ ।
११४.
दबाव समूहको कार्यप्रणालीमा तलकामध्ये कुन पर्दछन् ?
अनुनय गर्ने, सौदाबाजी र सिधा कारबाही गर्ने, हिंसात्मक र अहिंसात्मक उपाय अपनाउने, माथिका दुवै
११५.
नेपालको अन्तरिम संविधान २०६३ को कति भागमा राजनीतिक दलहरू सम्बन्धी
व्यवस्था गरिएको छ ?
११५.भाग १८.
११६.
नेपालको अन्तरिम संविधान २०६३ अनुसार राजनैतिक दल दर्ताको लागि निवेदन
दिंदा कुनै पनि राजनैतिक दलले पूरा गर्नुपर्ने शर्तहरूमा तलकामध्ये कुन सही छ ?
११६.राजनैतिक दलको विधान र नियमावली
लोकतान्त्रिक हुनु पर्छ । राजनैतिक दलको विधान वा नियमावलीमा कम्तीमा पाँच वर्षमा
एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीहरूको निर्वाचन हुने व्यवस्था हुनु पर्छ ।
विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरू समेत रहने समावेशी
व्यवस्था गरिएको हुनु पर्छ । माथिका सबै
११७.
नेपालको अन्तरिम संविधान २०६३ अनुसार निर्वाचनको निम्ति दल दर्ता
गर्ने प्रयोजनको लागि कम्तीमा कति मतदाताहरूको समर्थन सहितको हस्ताक्षरयुक्त
निवेदन आवश्यक पर्नेछ ?
११७.दश हजार .
११८.
वि. सं. २०७० को संविधानसभाको निर्वाचनको लागि निर्वाचन आयोगमा
आवेदन दिने कति राजनीतिक दलहरू दर्ता भएका थिए ?
११८.१३० .
११९.
संस्कृति भन्नाले के बुझिन्छ ?
११९.कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीतिक, अर्थव्यवस्था आदिमा प्रतिविम्वित हुने र
तिनका कलाकौशल, वौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण
क्रियाकलापको परिस्कृत रूप । धेरै समयदेखि देशकाल सापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको र आचार विचार
रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत मान्यता, भावना, चिन्तन मनन, भौतिक अभिव्यक्तिहरू समेतको समूह वा साधन । कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्य परम्पराको समष्टि नाम । माथिका सबै
१२०.
सांस्कृतिक बहुलबाद भन्नाले ....................भन्ने बुझिन्छ
।
१२०.समाजमा अन्तरसँस्कृतिको सम्मान र सबैको अस्तित्वको
स्वीकार गरी यसको माध्यमबाट सामाजिक एकता कायम गर्नु.
१२१.
बहुलवादी समाजको विशेषतामा तलकामध्ये कुन गलत छ?
१२१.वहुल समाज केही समाजका सदस्यहरू फरक फरक
जाति, भाषा, धर्म र संस्कृतिका समुहमा विभाजन भएका हुन्छन् । यस्तो समाजमा
एक अर्काको संस्कृतिको अस्तित्व अस्विकार गर्ने र अपमान गर्ने गरिन्छ ।
यस्तो समाजका मानिसहरूले आफ्नो धर्म, संस्कृति
र परम्परालाई स्वतन्त्र रूपमा अवलम्बन गर्दछन् । वहुल समाजको स्वरूप गतिशील र
परिवर्तनशील हुन्छ ।
१२२.
नेपालको साँस्कृतिक बहुलवाद सम्बन्धमा नेपालको अन्तरिम संविधान २०६३
को कति धारामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, विशेषतायुक्त तथा समान आकांक्षा भई सबै नेपाली जनतालाई एकताको सुत्रमा
आवद्ध गरी राष्ट्रिय एकता कायम गर्ने संवैधानिक सुनिश्चितता गरिएको छ ?
१२२.धारा ३ .
१२३.
नेपालको अनतरिम संविधान २०६३ अनुसार राष्ट्रभाषा भन्नाले केलाई
बुझाउँछ ?
नेपालमा बोलिने सबै मातृभाषा .
१२४.
नेपालको अन्तरिम संविधान २०६३ को कति धारामा छुवाछुत तथा जातीय भेदभाव
विरुद्धको हकको व्यवस्था गरिएको छ ?
१२४.धारा १४.
१२५.
कसैको धर्म परिवर्तन गराउन नपाउने र एक अर्काको धर्ममा खलल पार्ने गरी
कुनै काम व्यवहार गर्न नपाईने धर्म सम्बन्धी व्यक्तिको हक नेपालकोअन्तरिम संविधान
२०६३ को कति धारमा ब्यवस्था गरिएको छ ?
१२५.धारा २३ .
१२६.
११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा सबैभन्दा बढी कुन
धर्मावलम्बी छन् ?
१२६.हिन्दु .
१२७.
नेपालमा कुन संविधानले सांस्कृतिक बहुलबादलाई प्रवद्र्धन गर्ने
उद्देश्यले धर्मनिरपेक्षतालाई संवैधानिक सुनिश्चितता प्रदान गरेको हो ?
१२७.नेपालको अन्तरिम संविधान २०६३.
१२८.
११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा हिन्दु धर्म मान्ने
जनसंख्या कति प्रतिशत छ ?
१२८.८१.३% .
१२९.
११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा सबभन्दा थोरै
जनसंख्या (६०९ जनाले मान्ने धर्म) कुन हो ?
१२९.शिख.
१३०.
११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा जातिगत आधारमा धेरै
जनसंख्या भएको जाति कुन हो ?
१३०.क्षेत्री.
१३१.
११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल जनसंख्यामध्ये
क्षेत्रीको जनसंख्या कति प्रतिशत छ ?
१३१.१६.६ % .
१३२.
११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा सबभन्दा कम
जनसंख्या (२७३ जना) भएको जाति कुन हो ?
१३२.कुसुण्डा .
१३३.
११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल जनसंख्यामध्ये
मातृभाषाका आधारमा धेरै जनसंख्या भएको नेपाली भाषा बोल्नेको जनसंख्या कति
प्रतिशत छ ?
१३३.४४.६% .
१३४.
११ औं राष्ट्रिय जनगनणना अनुसार नेपालको तराई क्षेत्रमा बसोबास गर्ने
जनसंख्या कति प्रतिशत छ ?
१३४.५०.२७ .
१३५.
Diversity Management को अवधारणा कुन देशबाट आएको हो ?
१३५.अमेरिका .
१३६.
Diversity Management को अवधारणा व्यापक रूपमा कहिलेबाट आएको हो ?
सन् १९८० को दशक .
१३७.
विकासशील समाजमा विविधता ब्यबस्थापन भन्नाले देहायको मध्ये कुनलाई
बुझाउँछ ?
१३७.विकासशील समाजमा जाति, वर्ग, क्षेत्र, लिङ्ग, धर्म, भाषा, सँस्कृति लगायतका विविधतालाई उपयुक्त
ढंगले मिलाउने र समग्र उन्नति हासिल गराउने व्यवस्थापकीय कला ।.
१३८.
विकासशील समाज भन्नाले कस्तो समाजलाई बुझिन्छ ?
१३८.विकास हुँदै गएको अबस्थाको समाज, विकासको गतिमा हिडिरहेको समाज, समाजका विभिन्न पक्षमा उन्न्नति र प्रगति हुँदै गएको समाज, माथिका सबै
१३९.
विकासशील समाजको विविधता व्यबस्थापनमा तलकामध्ये जिम्मेवार पक्ष को हो
?
१३९.सरकार, निजी क्षेत्र, नागरिक
समाज, माथिका सबै
१४०.
विकासशील समाजको विविधताका विशेषतामा तलकामध्ये कुन पर्दैन ?
१४०.यस्तो समाजमा धर्म, जाति, भाषा संस्कृतिको विविधता रहन्छ । यस्तो
समाजले विकसित समाजका गुणहरूलाई सिको गरिरहेको हुन्छ । यस्तो समाजमा राज्यको
अस्तित्व समाप्त भएको हुन्छ । यस्तो समाजमा सहयोग, समन्वय सम्बन्धी जनचेतनाको स्तरमा उन्नति भइरहेको हुन्छ ।
१४१.
विकासशील समाजको विविधता व्यबस्थापन गर्ने उपायहरूमा तलकामध्ये कुन
सही छ ?
१४१.सबै वर्ग, जाती, भाषी,धर्मलगायतका विविधतालाई समानताको सिद्धान्त अनुरूप व्यवहार गर्ने
नीतिगत व्यवस्था गर्ने। समाजका विविध पक्षलाई सहिष्णुता, एकता, सहयोग र समन्वयको भावना विकास गराउने
खालका कार्यक्रम सञ्चालन गर्ने । राजनीतिक दल, संचार जगत, दबाब
समूह, नागरिक समाज लगायतका सबै पक्षलाई
राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउने र सबैले आफ्नो अधिकार र कर्तव्यको पालनामा
इमान्दारिताको विकास गर्ने । माथिका सबै
१४२.
विकासशील समाजको विविधता व्यबस्थापन गर्ने नमुनाहरूमा तल उल्लेख
गरिएकोमध्ये कुन सही छ ?
१४२.उपयुक्त किसिमको संरचना तयार गर्ने, उपयुक्त किसिमको सीप विकास गर्ने, उपयुक्त किसिमको रणनीति तयार गरी कार्यान्वयन गर्ने, माथिका सबै
१४३.
Which of the following challenges is correct with the developing
society for diversity management?
१४३.Creating an inclusive organization
Working to change the corporate culture towards valuing diversity Clear and
credible communication All of the above
१४३.
No comments:
Post a Comment